gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

स्थानीय तहका आफ्नै प्रहरी

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

हुमाकान्त पोखरेल
गुल्मी, २० फागुन । गुल्मीका स्थानीय तहले सुरक्षाको लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केहि स्थानीय तह भर्ना गर्ने प्रक्रियामा रहेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट बाट पाचँजना नगरप्रहरी नियुक्त गरेको थियो । जसमध्ये दुई महिला र तीन पुरुष छन् । त्यसमध्ये पनि एकजनालाई प्रहरी सहायक निरिक्षकको दर्जा दिइएको छ ।

प्रहरी सहायक निरिक्षकको लागि १५ हजार र जवानको लागि १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ । साथै मासिक तीन हजार रासन भत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘स्थानीय तहमा कामको गुणस्तर र सेवा प्रवाहलाई निकै चासोका साथ हेर्ने गरिन्छ ।’ उनले भने, ‘सहज रुपमा सेवा प्रदान गर्न नगर प्रहरी नियुक्त गरेका छौ ।’ साथै उनले प्रहरी भएपछि गाउँपालिकाको प्रशासनिक कामदेखि अन्य कामसम्म पनि सहयोग पुगेको र केहिले रोजगारी समेत पाएको प्रतिक्रिया दिए ।
रेसुगां नगरपालिकाले सातजना नगरप्रहरी नियुक्त गरेको छ । जसमध्ये एकजना हवल्दार र बाँकि छ जना जवान रहेका छन् । नियुक्त गरिएकामध्ये दुई महिला र पाचँ पुरुष छन् ।

सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाई, कार्यालय सुरक्षा, बजार अनुगमन लगायतका कार्य नगर प्रहरीका मुख्य काम हुन् । यी बाहेक हाटबजार, कार्यालयमा सहयोगिको भूमिका खेल्ने तथा आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने रेसुगां नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिए । हवल्दारको नेतृत्वमा अन्य जवानहरु रहनेछन् । नगरपालिकाले प्रहरी हवल्दारको लागि मासिक १५ हजार र जवानको लागि मासिक १३ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक बार्षिक दुई जोर कपडा र रासन भत्तास्वरुप मासिक तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगर प्रहरी भर्नाको प्रक्रियामा गएका छन् । इस्मा गाउँपालिकाले यहि फागुन २९ गतेसम्म दरखास्त दिन सकिने गरि सुचना प्रकाशित गरेको छ । पाचँ जनाको लागि खुलाईएको विज्ञापनमा एकजना हवल्दार र चारजना जवान रहनेछन् । हवल्दार महिला वा पुरुष जुनसुकै हुनसक्ने र जवानमध्ये महिला÷पुरुष दुई÷दुई जना नियुक्त गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । कार्यालयमा काम बढी हुने जनशक्ति कम हुने भएकोले नगरप्रहरी नियुक्त गर्न लागिएको खत्रीले बताइन् । ‘स्थानीय तहमा उपलब्धि नदेखिने काम धेरै छ, हाल भइरहेका जनशक्तिले अलि पुगेन ।’ उनले भनिन, ‘जनतालाई छिटो–छरितो सेवा दिनको लागि नगरप्रहरी भर्ना गर्न लागेका हौँ ।’

आफ्नै गाउँमा रोजगार

धुर्कोट गाउँपालिका ४ जैसिथोकका विष्णु पोखरेल रोजगारिको शिलसिलामा दुई बर्ष विदेशमा सुरक्षाको काम गरे । गत बर्ष गाउँपालिकाले नगरप्रहरीको सुचना निकाल्यो । आवेदन दिए । सबैभन्दा उत्कृष्ठ हुँदै नगर प्रहरी सहायक निरिक्षक रुपमा काम गर्ने अवसर पाए । बजार अनुगमन, म्याद सकिएका सामग्रीको उचित व्यवस्थापन, मदिरा नियन्त्रण लगायतका कार्यहरु आफुहरुले गर्ने उनले बताए । ‘काम पनि विदेशमा झै गाहे हुँदैन, आफ्नै ठाउँमा काम गर्दा आनन्द लाग्छ ।’ उनले भने, ‘समयमै स्थानीय तह गठन भएपछि अवसर प्राप्त भयो ।’

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D