जिल्ला समाचार

स्थानिय स्तब्ध हुँदै गरे कार्यालय प्रमुखलाई बिदाई

अनिल खत्री
३० चैत गुल्मी । कुनै पनि कार्यालयमा प्रमुख आउछन् जान्छन् । धेरै कर्मचारी आउँछन् तर कुनै कर्मचारीले जनतामा राम्रो काम गर्छन् जस्को कामले धैरै जनता प्रभाबित हुन्छन् । त्यसैले पनि कर्मचारी कार्यालय प्रमुखको सरुवाले स्थानियमा आएको मनोवलमा हलचल ल्याउछन् ।
गुल्मीको मजुवामा शुक्रवार बिहान एउटा दृश्य देखियो मजुवा बजारका मालपोत कार्यालय प्रमुख रामप्रसाद भुसाललाई स्थानियले गरे बिदाई । भुषाल झण्डै १७ महिना देखि जिल्लाको मजुवामा रहेको मालपोत कार्यालय प्रमुखको रुपमा रहेका थिए ।
उनकै नेतृत्वमा ०७३ साल माघ १० गते जिल्लाको मजुवामा साबिकका २८ वटा गाविसहरुका काम हेर्ने गरि तत्कालिन भुमिसुधार मन्त्री दलबहादुर रानाको पहलमा मालपोत कार्यालयको स्थापना भएको थियो । अत्यन्तै न्यून जनशक्तिका माझ स्थापना गर्नु र सँगसँगै छिटो छरितो सेवा प्रवाह गर्नु अत्यन्तै चुनौतिपूर्ण रहेको थियो ।
कुशलता पूर्वक कार्यालय सञ्चालन गरेर भुषालले त्यस क्षेत्रका जनतामा लोकप्रियता बटुलेका थिए । उनको लोकप्रियताले स्थानियले निकै ठुलो सहभागितामा भावुक मोडमा सम्मान सहित बिदाई गरे ।
ग्रमीण क्षेत्रमा बसेर निजामती कर्मचारीले जनतामा निकै लोकप्रियता देखाएर काम गरेको भन्दै जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले धन्यवाद दिए । नेपाली काँग्रेसका स्थानिय नेता टिकाराम अर्याल,स्थानिय समाजसेवी बिष्णु गौतमले बिदाई समारोहमा बोल्दै कार्यालय प्रमुख भुषालमा एउटा असल जनतामुखी काम गर्ने सोच भएका कर्मचारी पाएको बताए ।
उनिहरुले कार्यालय प्रमुख भुषाल जस्तै देशमा धेरै कर्मचारीहरु भए जनताले आशा गरेअनुसारको सेवा पाउने बताए । कार्यालय प्रमुखको बिदाईमा स्थानियले स्तब्द बन्दै आगामी यात्रा शुखद र प्रगती मयहोस भन्दै बिदाई गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D