जिल्ला समाचार

स्थानिय तहको संरचनामा नेवि संघ गुल्मीले संठन बनाउँदै

रमेश बिक
बुटवल , पुस–१७ । नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो सांगाठानिक संरचना स्थानिय तह अनुसार बनाउने निर्णय गरेको छ । संघको जिल्ला कार्य समितिको बैठकले विद्यालय र क्याम्पस ईकाईका अलवा पालिका स्तरिय कार्य समिति गठन गर्ने निर्णय गरेको हो । सदरमुकाम तम्घासमा माघ ५ गते स्थानिय तहको संरचनामा संगन निर्माण गर्न सुरु गर्ने निर्णय भएको जिल्ला कार्य समितका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार त्यसका लागि जिल्ला प्रतिनिधी समेत खटाईएको छ । संगठन विस्तारका लागि केन्द्रिय प्रतिनिधी सुवास कठायतले नेपाली कांग्रेसका जिल्ला सभापतिलाई केन्द्रबाट आफुले पाएको जिम्मेवारी पत्र हस्तान्तरण गरेका छन ।

माघ ५ गते सम्म जिल्लाका सम्पुर्ण विद्याले , क्याम्पस र स्थानिय तह अनुरुपका संगठन विस्तार सके लगत्तै अधिवेशनको मिति तय छिट्टै नै अधिवेशन गरिने कार्यवाहक अध्यक्ष पाण्डेको भनाई छ ।
सो संठनले दिएको विवरण अनुसार कार्यवाहक जिल्ला अध्यक्ष पाण्डेलाई रेसुङ्गा नगरपालिकाको संगठन विस्तारमा खटाईएको छ । मुसिकोट नगरपालिकामा रामप्रसाद आचार्यलाई , मालिका गाउँपालिकामा रमेश बुढा र सोही गाउँपालिका सहित चन्द्रकोट गाउँपालिकामा पुण्य प सुवेदीलाई खटाईएको छ । गुल्मी दरबार गाउँपालिकामा तोमलाल पान्थी , ईस्मामा बिष्णुप्रसाद आचार्य, रुरुमा ऋषि राना, धुर्कोमा कमल पोखरेल , कालिगण्डकीमा सिजन राना , सत्यवतीमा कमल भुसाल र मदानेमा पार्वती केसीलाई प्रतिनिधी तोकिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D