जिल्ला समाचार

सेवा प्रभावहलाई प्रभावकारी बनाउन सूचना अधिकारीहरुको अन्तरक्रिया

अनिल खत्री
३ असार, गुल्मी । सरकारी कार्यालयबाट दिइने सेवा प्रभावहलाई प्रभावकारी बनाउनको निम्ति गुल्मीका सूचना अधिकारीहरुको अन्तरक्रिया गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा जिल्ला स्थित बिभिन्न कार्यालयका सूचना अधिकारीहरुको सहभागितामा सदरमुकाम तम्घासमा अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबं सूचना अधिकारी लक्ष्मण पाण्डेले सूचनाको हक, नागरिकलाई दिन मिल्ने सूचना यसका कानुनी अबस्था लगायतको बारेमा कार्यपत्र पेस गरेका थिए । अधिकृत पाण्डेले नागरिकाले सूचना मागे कस्ता प्रकारका सूचनाहरु दिन मिल्ने नमिल्ने जस्ता बिषयहरुमा जानकारी गराएका थिए ।

कार्यालयमा सूचना अधिकारी अनिवार्य राख्नु पर्ने र कार्यालयको सम्पूर्ण अबस्था बारे सूचना अधिकारीले सुचना मागेको खण्डमा दिनसक्ने गरि जानकारी लिनुपर्ने जस्ता बिषयमा जानकारी गराइएको थियो । कार्याक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यालय र सेवा प्रवाहमा सुशासन प्रदान गर्न सूचना अधिकारी अत्यबश्यक रहेको बताए ।

सूचनाको हक जहाँ प्रयोग भएको छ त्यहाँ शुसासन भएको वढी पाइएकाले अन्तरराष्ट्रिय मान्यता अनुसार सूचना अधिकारीको राख्ने परिपाटी आएको बताए । सूचनाको हकले पारदर्शीता र जवाफदेहीता कायम हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सूचना अधिकारी भष्टचार नियन्त्रण गर्न मुख्य खम्बा रहेकोले सुशासन कायम गर्ने मुख्य अंग पनि रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रल्वाद पोखरेलले सूचना अधिकारीले दिने सूचनाले ठूलो महत्व राख्ने भएकाले यसमा जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

नागरिकले संबैधानिक हकमै सूचना पाउनु पर्ने हक रहेकाले सुशासन कायम गर्नमा सूचना अधिकारीको महत्वपूर्ण भूमिका रहेको जोड दिए । बैठक एबं अन्तरक्रियामा बिभिन्न कार्यालयका सूचना अधिकारीहरुले कार्यालयको सूचना अर्थात गुनासाहरु बारेमा छलफल गरेका थिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker