जिल्ला समाचार

सेल, बटुक, म:म र पानीपुरी बेच्दै अर्जुन बोर्डिङका बिद्यार्थी, बिद्यार्थीलाई उद्यमशिल बनाउन मेला

टोपलाल अर्याल
गुल्मी, ३ असोज । स्टल नं २८ की श्रृष्टि जिसी । स्कुलकै प्राङगणमा सेल बेच्दै थिइन् । एउटा सेलको २० रुपैयाँ । बेच्नमै फुर्सद थिएन् । आमाकै जस्तो सीप । साना बालबालिले पकाएका स्वादिष्ट सेल । अभिभाव र मेलामा आउनेले निकै चाख मानेका थिए । अविरल गौतम कक्षा नौमा पढ्छन् । उनले म:म खाएका थिए । बनाएका थिएनन् । अहिले हरियो म:म बनाउँछन् । स्टल नं १५ मा सागको म:मले पनि सवैको ध्यान खिच्यो । गौतमसंगैका साथीहरुले दुई दिनमा म:म बनाउन सिके । ‘दुई दिनमै सिकेँ अव घरमै बनाउन मुस्किल छैन,’ उनले भने, ‘एकछिनमा सिक्ने काम नगरेर रहेछ ।’ बटुकको स्टल नं ५ । सम्झना पुन व्यस्त थिइन् । घरमा पनि बटुक बनाउँछिन् । ‘मगरको प्रख्यात परिकारनै बटुक हो, साथीहरुलाई सिकाएँ’, उनले भनिन् ‘घरभन्दा आफै व्यावस्थापन गर्नुपर्ने भएकाले केहि झन्झट लाग्यो ।’

मेलामा ३० स्टल
अर्जुन आवासीय माविले बिद्यार्थीहरुमा उद्यमशिल र आत्मनिर्भर बनाउन अर्जुन मेलाको आयोजना गरेको थियो । मेलामा ३० स्टल समावेश गरिएको छ । स्टलमा सेट, बटुक, चुकौनी, पुरी तरकारी, म:म, चाउमीन तथा रेडिमेट परम्परागत र आधुनिक खानाका परिकार समावेश गरिएको स्टल उपसमिति संयोजक पुजा ज्ञवालीले बताइन् । उनले फेन्सीका सामान, कला, मनोरञ्जन र साँकृतिक झलकका स्टलको व्यावस्थापन गरिएको ज्ञवालीले बताएन् । स्टल बिद्यालयले व्यावस्थापन गरेको छ । त्यो बाहेक लगानी, उत्पादन, बिक्री वितरण र आयआर्जन बिद्यार्थीहरुकोनै भएको संयोजक ज्ञवालीले बताइन् । प्रति स्टल पाँच सय बिद्यार्थीहरुले बिद्यालयलाई प्रदान गर्ने व्यावस्था गरिएको छ । करिव दुई लाखको कारोवार भएको बिद्यालयले जनाएको छ ।

बिद्यालयका बार्षिक १२ योजना
बिद्यालयले १२ वटा समुदायसंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम गर्ने बार्षिक योजना बनाएको छ । त्यो मध्ये यो तेस्रो योजना संचालन भएको प्रिन्सीपल रविचन्द्र बिष्टले बताए । उनले पहिलो कार्यक्रम नमुना मतदान, दोस्रो दुव्र्यसनीबिरुद्ध सचेतनामूलक सडक नाटक र अहिले अर्जुन मेला संचालन गरेको जानकारी दिए । अर्जुन आवासीय माविमा साढे नौ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

अभिभावक पनि खुसी
अर्जुन आवासीय माविको मेलामा पुगेका अभिभावक अर्जुन आचार्यले यो कामले बिद्यार्थीलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । उनले शिक्षासंगै आर्जन गरेको सीपले भविष्यमा जिविकोपार्जनमा टेवा पुग्ने बताए । ‘कोरा कितावको ज्ञानले मात्रै पुग्दैन शिक्षाको व्यावहारिक हुनुपर्छ,’आचार्यले भने,‘स्कुलले सह्रानीय काम ग¥यो ।’ त्यस्तै अर्को अभिभावक बिवा परिवारले घरमा काम गर्न नमान्नेहरु छोराछोरीहरु पनि स्कुलमा खटिएको देखेर अचम्म लागेको बताइन् । उनले यस्ता बिषय स्कुलमा प्रशिक्षण दिए घरमा सिक्क झनै फाइदा हुने सुझाव दिइन् ।

रजत पदक बिजेता
उद्यमशिलताको क्षेत्रमा बिद्यालय सक्रिय भएपछि अर्जुन आवासीय माविले गत बर्ष रजत पदक सहित दुई हजार अमेरिकी डलर प्राप्त गरेको थियो । बेलायतको शैक्षिक संस्था स्कुल इन्टरप्राइज च्यालेन्ज बाट विश्वका ६८ हजार बिद्यालय मध्ये अर्जुन आवासीय माविले यो पुरस्कार प्राप्त गरेको प्रिन्सीपल रबिचन्द्र बिष्टले बताए । सोहि पुरस्कारको रकमबाट आफुहरुले अझै व्यवस्थित योजनाहरु अगाडी बढाएको बिष्टले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D