जिल्ला समाचार

सेल्फी भिडियोबाटै आफुले पढेको स्कुललाई २० लाख रुपैँया सहयोग घोषणा (भिडियो सहित)

करिब २ करोड संकलन गर्ने लक्ष्य, राष्ट्रपती फागुन ४ तारिक आउने

अनिश शर्मा गैरे
गुल्मी, माघ १५ । त्रिभुवन माबि कर्घाको लागि एकै ब्यक्तिले २० लाख रुपैया सहयोग गरेका छन । गुल्मी जिल्ला मुसिकोट नगरपालिका ६ साविकको कुर्घा गाबिसको देउताथान जन्म भइ चितवन बसाइ सरेका घनश्याम शर्माले २० लाख ५ हजार १ रुपैया सहयोग गरेका हुन ।आउदै गरेको फाल्गुणमा बिद्यालयले मनाउन गइरहेको स्वर्ण महोत्बसको अवसर पारी उनले सो सहयोग गरेका हुन ।

बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका शर्माले आफ्नी स्व. आमा डिलादेवी शर्मा पँगीनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेबी स्मृति गरीब जेहेन्दार छात्राबृति अक्षयकोष स्थापना गर्ने गरी सो सहयोग गरेको बिद्यालयका शिक्षक दिपक अर्यालले जानकारी दिए ।
हेरौँ भिडियो:

सोमबार एक कार्यक्रमको आयोजना गरी उनले सो सहयोग बिद्यालयलाइ प्रदान गर्ने घोषणा गरेका हुन ।

यस भन्दा अघि उनले १० लाख ५१ हजार रुपैया सहयोग गर्ने बताएका थिए भने अहिले सो सहयोग रकम बढाएर २० लाख पुर्याएका हुन । उनले आफुले अध्ययन गरेको बिद्यालयलाइ नमुना बिद्यालय बनाउनमा आफुले हरेक कदमहरु चाल्ने बताए । उनले अन्य महानुभावलाइ पनि सहयोग गर्न आह्वान गरेका छन ।

अहिले सम्म बिद्यालयको लागि १ करोड ४ लाख १२ हजार २५ रुपैया सहयोग प्राप्त भएको छ ।

बिद्यालयले आफ्नो स्थापनाको ५० बर्ष पुगेको खुशीयालीमा मनाउन गइरहेको स्वर्ण महोत्सबको लागि तयारीलाइ निकै तिव्र बनाएको छ । फाल्गुण ३ गतेबाट मनाउन गइरहेको सो कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको छ ।

साथै गुल्मी जिल्लाका निर्वाचित माननियहरु पनि आउने भएका छन । राष्ट्रपति आउने कार्यक्रम यही फाल्गुण ४ गते रहेको बिद्यालयका प्रअ राम बहादुर थापाले बताए ।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि बिद्यालयले आर्थिक सकलन देखी बिभिन्न अन्य तयारीका कार्यक्रमहरु सञ्चालन गरीएको छ ।

अहिलेको महात्सबको नारा ‘गुणस्तरीय प्राबिधिक शिक्षा, नमुना बिद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने दिइएको छ भने करिब २ करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D