जिल्ला समाचार

सुशासन अभियान गुल्मीले सर्वेक्षण प्रतिवेदन माथी छलफल

रमेश विश्वकर्मा
गुल्मी, फागुन १६ । सुशासन अभियान गुल्मीले सदाचार प्रतिबद्धता कार्यान्वयन सम्बन्धी सर्वेक्षण प्रतिवेदनको तथा छलफल कार्यक्रम गरेको छ ।

सुशासन अभियान गुल्मीले नगरौँ, नगराऔँ, नसहौँ भष्ट्रचार ः देशका लागि अत्युत्तम हो सदाचार भन्ने मूल नाराका साथ छलफल कार्यक्रम गरेको हो ।

सरकारी कार्यालयमा बढेको भष्ट्राचार तथा राजनितिमा पनि भष्ट्रचार हुन थालेको कारण यसको न्यूनिकरण गर्न यो कार्यक्रम आयोजना गरिएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेयले बताएका छन ।

सुशासन अभियान गुल्मीले आफ्नो प्रतिवेदन मार्फत गुल्मी जिल्लामा अहिले सम्म गरेका प्रयास तथा कार्यक्रमहरु प्रस्तुत गरेको थियो । सुशासन अभियान गुल्मीले जिल्लामा रहेका सरकारी कार्यालयमा भष्ट्राचार रोक्न प्रयास गरिरहेको र गर्दै जाने बताएको छ ।

कार्यक्रममा विशेष अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यस्तो कार्यक्रम भष्ट्राचार रोक्ने एक विधि भएको वताए छन । उनले भने–‘भष्ट्राचार एकैचोटि नभएर क्रमश न्यूनिकरण गर्ने कुरा हो यस्तो कार्यक्रम त भष्ट्रचार न्यूनिकरण गर्ने एक विधि मात्र हो ।’

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भष्ट्राचार विगत भन्दा अहिले सुधारिँदै आएको वताउनुभएको छ । उनले भनेँ ‘पहिले भन्दा त भष्ट्रचार घटेकै छ तर यत्तिले पुग्दैन यसलाई शुन्य विन्दुमा पुराउनुपर्दछ ।’

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि,सुशासन अभियान गुल्मीका प्रमुख तथा प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी विद्याथीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D