जिल्ला समाचार

सुआहारा गुल्मीको प्रगति समिक्षा: अब स्थानीय तहका उपप्रमुखहरु “फोकल पर्सन”

टोपलाल अर्याल
गुल्मी, २७ पुस । सुआहारा गुल्मीको जिल्ला स्तरिय परियोजना सल्लाहकार समितको बैठक तथा प्रगती समिक्षा सम्पन्न भएको छ । बैठकमा एकिकृत पोषण कार्यक्रमको परिचय, पोषणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्था, परियोजनाको दोस्रो बर्षको कार्यप्रगती, समस्या र चुनौति, आगामी योजनाका बारेमा छलफल गरिएको थियो । सोहि अवसरमा सुआहारा पाल्पा संयोजक कृष्ण गुरुङ्गले गुल्मी जिल्लाको घरधुरी सर्वेक्षणको परिणाम सार्वजनिक गरेका थिए ।

परियोजनाको प्रगति समिक्षा
एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले परियोजनाले दोस्रो बर्षमा गरेका मुख्य उपलब्धिको बारेमा बैठकमा जानकारी गराएका थिए । परियोजनाले सामुदायिक नक्सांकन मार्फत ५२ हजार एक सय ६४ घरधुरीमा पुगी तथ्यांक संकलन तथा सामान्य परामर्श गरेको, हजार दिन भित्रका महिला तथा आमाहरुलाई पोषण, स्वास्थ्य र सरसफाई सम्वन्धि परामर्श गरेको,. रेसुङ्गा नगरपालिकाको वडा न ६ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको चरणमा पुराएको, मुख्य १० पोषण तथा स्वास्थ्य ब्यवहारहरु बारे ५० जना सहयोगी सहजकर्ताले अन्तर ब्यतिm सञ्चार तथा सीप विकास तालिम लिएको निर्देशक विश्वकर्माले बताए ।

झण्डै तीन हजार कुखुरा वितरण
परियोजनाले स्थानिय तहमा एकीकृत पोषणसम्बन्धी अभिमुखिकरण तथा पोषण एबं खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको, ४२ जना ग्रामीण नमुना कृषकलाई कृषी सामग्रीहरु र एक सय ५० कृषकहरुलाइ फलफुलको विरुबा वितरण गरिएको जनाएको छ । साथै दुई हजार पाँच सय ९६ हजार दिनका आमाहरु र दुई सय २३ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आठ हप्ताका कुखूराका चल्ला वितरण गरिएको निर्देशक विश्वकर्माले बताए ।

कुपोषित बच्चाहरुलाई सहयोग
परियोजनाले आठ जना कडा र ५६ जना मध्यम खालका कुपोषित वच्चाहरु फेला पारेको छ । फेला परेका बच्चाहरुलाई नजिकको स्वास्थ्य संस्था र पुर्नस्थापना केन्द्र सम्म पुराउन सहयोग गर्दै आएको परियोजनाका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले बताए । त्यस्तै सुनौला हजार दिनका विपन्न घरधुरीका आठ सय १७ जना आमाहरुलाई कुखुरा खोर निर्माणका लागि आर्थिक सहयोग, जिल्लाका छ सय ७० स्थानमा पोषिलो खाना प्रदर्शनी साविकाका १७ वडाका महिला, सिलाई कटाई व्यावसायी, महिला स्वयसेविका र किशोरीहरुलाई सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिएको संयोजक विश्वकर्माले बताए ।

बैठकका महत्वपूर्ण निर्णयहरु
परियोजनाको शुक्रबार बसेको बैठकले सवै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई सुअहाराको फोकल पर्सन तथा परियोजनाको जिल्ला सल्लाहकार समितिमा सदस्य वनाउने निर्णय गरेको छ । त्यस्तै उमेर पुगेका, स्वाथ्यको कारण गाउँ छोडेका र तोकिएको जिम्मेवारी क्षेत्र भन्दा वाहिर वस्ने स्वास्थ्य स्वंयसेविकाहरुलाई विदा गर्ने र नयाँ स्वंयसेविका छनौट गर्ने प्रक्रिया अगाडी वढाउने निर्णय भएको एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा अर्यालले जानकारी दिए । स्वास्थ्य आमा समुहहरुलाई जिल्लाव्यापी पुर्नगठन अभियान संचालन गर्ने, घरधुरी सर्वेक्षणवाट प्राप्त जानकारी, कार्यक्रमको प्रगति विवरण सम्वन्धित स्थानीय तहमा उपलब्ध गराउने र कार्यक्रमको अनुगमनलाई प्रभावकारी वनाउने निर्णय भएको अर्यालले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker