जिल्ला समाचार

सिमीचौरकी महिलालाई तम्घासका रेगमी परिवारबाट सहयोग

अनिल खत्री
१० असार, गुल्मी । केहि दिन अघि गुल्मीको सिमीचौरकी महिलाको अबस्था दयनिय भएको भन्ने बारे समाचार सम्प्रेसण भएपश्चात सहयोग भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौर मा बस्दै आएकी बिमला कुँवरलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग गरेका हुन् ।

कोरोना भाइरस महामारी चलेको बेलामा पनि ति महिलालाई रेग्मी परिवारले सुत्नको निम्ति आबश्य २ वटा पलङ, खाना पकाउने खाने भाडा, शैचालय निर्माणको लागि सिमेन्ट, टिन लगायतका सामाग्री घरमै लगेर हस्तातरण गरेका हुन् । सामाग्री हस्तातरण गर्दै रेग्मी परिवारका भेषराज रेग्मीले तत्काल आबश्यक सामाग्री माग अनुसार सहयोग गरेको बताए ।

उनले खाद्ययन्न, लत्त कपडा सहयोग गर्ने सोचमा रहेपनि पिडित महिलालाई अन्यबाट सहयोग भएको भनेपछि अरु आबश्यक केछ भनेर सोधेर ति सामाग्री सहयोग गरेको भेषराज रेग्मीले बताए । रेग्मी परिवारका श्रीमान श्रीमती घरमै पुगेर पिडित बिमलाको अबस्था बुझदै सहयोग सामाग्री हस्तातरण गरेका थिए ।

ति महिलाको घर केहि दिन अघि हावाले उढाई दिएपछि स्थानीयले बस्ने बास बनाइदिएका थिए । बास बनाए पनि खाना बस्नको निम्ति सबै सामाग्री थिएनन् । पिडित बिमलाका श्रीमान भारतको पंजावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए ।

उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा छन् । बस्नको निम्ति वास बनाउने ठाउँ बाहेक अन्य जग्गा जमिन छैन् ।

घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्न पर्छ । तर ज्याला मजदुरी गर्न अहिले लक डाउनले खासै बोलाउने पनि गर्दैनन् । घरमा श्रीमान नहुनु त्यो माथी पनि कमाउन गएका श्रीमानको अत्तो पत्तो नहुनुले उनिमाथी थप पिडा माथी पिडा थपिदिएको यनले केहि दिन अघि बताएकी थिइन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker