gulminews logo
मंगलवार, २०७९ असार १४

सिद्ध प्राविको ३१ औ बार्षिक उत्सव सम्पन्न

टोपलाल अर्याल
गुल्मी, ३ माघ। सिद्ध प्रावि इस्मा गाउँपालिका ५ को ३१ औ बार्षिक उत्सव सम्पन्न भएको छ । वडाध्यक्ष कलानिधी भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बार्षिक उत्सवको अवसरमा संचालन भएका खेलका बिजेताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी भण्डारी, इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंर, संस्थापक सदस्य राम बहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोहि अवसरमा बिद्यालयमा प्रध्यानाध्यापक गंगा बहादुर बिष्टले बिद्यालयको बार्षिक प्रगति विवरण सार्वजनिक गरे । बार्षिक उत्सवको अवसरमा वडास्तरिय कक्षा १–३ कुर्चीदौड, कक्षा ४–५ हिसावदौड र अन्तरसदनात्मक चम्चादौड प्रतियोगीता संचालन भएका थिए ।

कार्यक्रममा वडा सदस्य मिना बिष्ट, बोमे कुमाल, बिद्यालयका संस्थापक सदस्य दुजमान बिष्ट, राम बहादुर बिष्ट, निवर्तमान बिद्यालय व्यावस्थापन समिति अध्यक्ष ज्ञान बहादुर बिष्ट लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम बिद्यालयका प्रध्यानाध्यापक गंगा बहादुर बिष्टको अध्यक्षता, शिक्षक क्रान्ति बिष्टको स्वागत तथा शिक्षक रामचन्द्र पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D