जिल्ला समाचार

सात महिनामा आर्कषक बिद्यालय निर्माण, मन्त्री बिष्टद्धारा उद्धघाटन

टोपलाल अर्याल
गुल्मी, १९ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका ६ को गोबिन्दा रत्ना कुंवर लोकतान्त्रिक आधारभूत बिद्यालयको भवन उद्घघाटन भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सोमबार बिद्यालय भवनको उद्घाटन गरेका हुन ।

बिद्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिष्टले अब एक जना बालबालिका पनि पैसाको अभावमा शिक्षाको उज्यालोबाट बन्चित नहुने बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि प्राप्त नहुने भएकाले सरकार योजनाबद्ध रुपमा अगाडि बढेको बताए । त्यस्तै आधारभुत आवश्यकता पूरा गर्न जिबिकोपार्जनका थुप्रै काम सरकारले संचालन गरिरहेकाले अझै सुखद परिणाम आगामी दिनमा जनताले अनुभुत गर्ने बिष्टले बताए ।

सात महिनामै आकर्षक भवन निर्माण

पुनर्निर्माण प्राधिकरण गुल्मीको आर्थिक सहयोगमा चार कोठे भवन निर्माण गरिएको हो । कुल ६१ लाख ६१ हजारको लागतमा बिद्यालयको आकर्षक पक्की भवन निर्माण गरिएको भवन निर्माण समिती सदस्य रेशम महतले जानकारी दिए । ०७५ फागुनबाट निर्माण कार्य थालिएको भवन ०७६ असोजमा सम्पन्न भएको महतले जानकारी दिए । चिमले बारेर ०६४ सालमा स्थापना भएको बिद्यालय ०६६ सालबाट कच्ची भवनमा संचालन हुँदै आएको वडा अध्यक्ष हिरा बहादुर जिसिले बताए ।

बिद्यालयको कच्ची भवन ०७२ सालको भुकम्पले चर्किएपछि शिक्षक, अभिभाब र विद्यार्थी समस्यामा परेका थिए । पुनर्निर्माण प्राधिकरणको सहयोगमा सात महिनामै बिद्यालय भवन निर्माण भएपछि खुशी लागेको प्रध्यानाध्यापक तिलक केसीले बतार । बिद्यालयमा अहिले ५५ छात्र र ८० जना गरि एक सय ३५ जना क्षेत्री र कुमाल समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको सहायक प्रध्यानाध्यापक भोजेन्द्र बोहोराले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D