जिल्ला समाचार

साइबर शिक्षा दिँदै गुल्मी प्रहरी

गुल्मी, पुष ११ । जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समयमा साइबर अपराधलाई कम गर्न अभियान चलाएको छ। जिल्लाका ११ वटा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यलयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्र्तगत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले बताए ।

प्रहरीले रेसुंगा नगरपालिकाको उपल्लो तम्घास माध्यमिक मावि, रेसुंगा मावि र भगवती मावि, मदाने गाउँपालिकाको दीपक मावि र पृथ्वी मावि, धुर्कोट गाउँपालिकाको धुर मावि, ईश्मा गाउँपालिकाको जनज्योति र रामराज्य माविमा कक्षा सञ्चालन गर्दै आएको छ ।

यस्तै, मुसीकोट नगरपालिकाको शिवशंकर र खसथोक मावि र सत्यावती गाउँपालिको बालकल्याण आधारभूत माविमा साइबर अपराधसम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको कक्षाबाट विद्यार्थीले साइबार अपराधका साथै सामाजिक सञ्जालको सुरक्षितबारे पनि जानकारी प्राप्त गरेको उपल्लो तम्घास माविका प्रधानाध्यपक राममणि पन्थीले बताए।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D