gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

सहयोग संकलन गरी विद्यालयलाई सुचना प्रविधि सामाग्री हस्तान्तरण

सन्तोष महतारा
असोज २३, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ५ छापहिले स्थित सूर्योदय प्राथमिक विद्यालय मा एक कार्यक्रम का बिच सूचना प्रविधि सामाग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सहयोग समन्वयकर्ता तथा दाता मनोज गिरीको अध्यक्षता, विद्यालय व्यावस्थापन समिति अध्यक्ष दामोदर घिमिरे को प्रमुख आतिथ्यता, विद्यालय प्रधानाध्यापक रामप्रसाद अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

विद्यालय मा शिक्षण सिकाइ क्रियाकलाप तथा प्रशासनिक काम को लागि समेत सूचना प्रविधि का सामाग्री नभएको, विद्यालयको आन्तरिक स्रोत ज्यादै न्यून भएको र कुनै पनि निकाय बाट सहयोग नभएपछि पूर्व विद्यार्थीहरुको सक्रियता मा सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्रीहरुमा कम्प्युटर, प्रीन्टर, प्रोजेक्टर, टिभी, पेनड्राइभ लगायत गरी करिब ७५ हजार बराबर का सामान रहेका छन् ।

कार्यक्रम मा बोल्दै विद्यालय व्यावस्थापन समिति अध्यक्ष दामोदर घिमिरे ले सम्पुर्ण दाता लाई धन्यवाद दिए । यि सामाग्री को प्रयोग बाट शिक्षण सिकाइ क्रियाकलाप तथा प्रशासनिक काममा सजिलो हुने विद्यालय का प्रधानाध्यापक रामप्रसाद अर्याल ले बताए ।
दाता मनोज गिरीले सामान को सहि सदुपयोग होस् भन्ने मा जोड दिए । कार्यक्रम को सञ्चालन महेन्द्र गिरीले गरेका थिए ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D