सरकार समाजबाद तर्फको यात्रामा अघिबढेको छ : मन्त्री विष्ट

अनिल खत्री
१७ कात्तिक, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले अनौपचारिक क्षेत्रका श्रकिमकले पनि सामाजिक सुरक्षा कार्यक्रम मार्फत पेन्सनको सुवविधा पाउनु समाजबाद तर्फको यात्रा भएको बताएका छन् । मदनआश्रित स्मृति भवन तम्घासमा सम्बोधन गर्दै उनले वि.सं २०८२ साल सम्ममा प्रत्येक बालबालिका अनिवार्य विद्यालय भर्ना हुने, घर नहुने परिवारलाई आवास सुविधा उपलव्ध गरइने बताए ।

मन्त्री बिष्टले कोहि पनि भोकै मर्न नपर्ने गरि खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरीने, सिमान्तिकृत विपन्न समुदायलाई कम्तिमा एकसय दिनको रोजगारीको ग्यारेन्टी गरिने बताए । उनले घातक रोगहरुको स्वास्थ्य विमा कार्यक्रम मार्फत विशुल्क उपचारको व्यबस्था जस्ता कार्यक्रम पनि समाजबाद उन्मुख कार्यक्रम भएको बताए ।

उच्च मनोबलका साथमा पार्टीमा भावनात्मक एकताको शन्देश दिनेगरी सरकारका सकारात्क कामको प्रचार गर्ने गरी जन समक्ष गई संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ