जिल्ला समाचार

सरकारी आधिकारिक सतर्क रहनु भन्ने सूचना मै छुट्यो गुल्मी दरबार गाउँपालिका

राजु गौतम
३० भाद्र, काठमाडौँ।गए राति ११ बजे देखि बाग्लुङ्ग र गुल्मीको सिमानामा रहेको बढिघाट खोला थुनिएर ताल बनेको छ । बडिघाट गाउँपालिका तुरतुरेको पाहडबाट गएको पहिरोले बडिघाट खोला पुरेर ताल बनेको हो । खोला थुनिए पछि राति २ बजे नै सरकारको आधिकारिक निकाय बाढी पुर्वानुमान शाखाले सूचना (http://www.hydrology.gov.np/#/?_k=nrfv4f) जारि गरी सचेत रहन बाग्लुङ्ग र गुल्मी जिल्ला तर्फका विभिन्न ठाउँहरुको नाम उल्लेख गरेको छ। तर सूचनामा गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिका नै छुटाएको छ। जब कि पालिकाको वडा १ बलिथुम शेरा/टारी  र २ को जुभुंग घोराहामा बाक्लो बस्ति उक्त खोलाको छेउ मै छ।साथै रेसुङ्गा नगर पालिकाको पराल्मिको पनि केहि भाग खोला छेऊ मै छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D