जिल्ला समाचार

सरकारले लकडाउन लम्बाएसँगै गुल्मीमा निषेधाज्ञालाई निरन्तरता

मनु सुनार
गुल्मी, बैशाख २६ । कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

सरकारले छठौँ पटक लक डाउनलाई लम्बाएसँगै गुल्मीमा पनि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि यस अघि गुल्मी जिल्लाभर संक्रामक रोग ऐन २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रजिअ शर्माले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाएको छ । सरकारले पछिल्लो पटक लकडाउनको अवधि लम्बाएर जेठ ५ गते सम्म राति १२ बजेसम्म कायम गरेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker