जिल्ला समाचार

सरकारले जातिय हैन बर्गीय आधारमा व्यवहार गर्नुपर्छ: अध्यक्ष ठकुरी

जनार्दन घिमिरे
गुल्मी, १० फागुन । ठकुरी समाज महासंघका केन्द्रिय अध्यक्ष चन्द्रकुमार सिंह ठकुरीले सरकारलाई वर्गीय आधारमा व्यवहार गर्न आग्रह गर्नु भएको छ । उहाँले जातीय आधारमा राज्यले गर्ने गरेको व्यवहार समाज सुहाउँदो नभएको दाबी गर्दै राज्यले जातीय आधारमा विभेद गरेका कारण ठकुरीहरु संगठित हुनुपरेको बताउनु भयो ।

ठकुरी समाज महासंघ गुल्मीको तेश्रो जिल्ला अधिवेशन गुल्मीको ग्वादीमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोल्दै ठकुरीले वर्गीय आधारमा काम गर्नका लागि सरकारसँग आयोगको गठन गर्न माग गर्नु भयो । कार्यक्रमका बक्ताहरुले भाषा र संस्कृतिमा विकृती आएको हुँदा त्यसतर्फ सबैको ध्यान पुग्न जरुरी भएको बताउनु भयो । ठकुरीहरुले जातीय संस्कार, संस्कृति र भाषाका सकारात्मक पक्षलाई संरक्षण गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए । उनीहरुले जातीय संगठनहरु जातीयको अधिकार भन्दा पनि पछाडि परेका व्यक्तिको क्षमता अभिवृद्धि र सीप बढाउने योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ठकुरी महासंघका अध्यक्ष किरण शाह, पूर्व महासचिव राम मल्ल ठकुरी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँड, रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ड गौतम, सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही, रुपन्देहीका अध्यक्ष रामबहादुर चन्द, कपिलवस्तु अध्यक्ष राजेन्द्र बहादुर शाही, क्षत्रि समाज गुल्मीका सचिव मुक्तबहादुर कार्की, ब्राम्हण समाजका ज्ञानहरि ज्ञवाली, देविन्द्र मल्ल, ज्ञानबहादुर मल्ल, लक्ष्मी सिंह मल्ल लगायतले व्यक्तिहरुले सबै क्षेत्रमा सबैको समान सहभागिता हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, जनप्रतिनिधी, एसईइमा उच्च जिपिए ल्याउने विद्यार्थी र बिशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker