gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

समृद्ध इस्मा बनाउने दरिलो बिश्वास छ : खड्का

२६ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा इस्मा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भगतसिंह खड्का बनेका छन् । खड्काको नेकपा एमालेका हिरा एसीसँग चुनावी प्रतिस्पर्धा हुँदैछ । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । यसपटक निर्वाचनमा इस्मा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी गठबन्धन भएको छ ।

भगतसिंह खड्का

नेकपा एमाले भने एक्लै निर्वाचनमा गएको छ । यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेस जसरी पनि पालिका प्रमुख उपप्रमुख जित्नुपर्छ भनेर लागि परेको छ । नेकपा एमालेले भने आफनो साख जोउन तर्फ ध्यान केन्द्रि गरेको छ । इस्मा गाउँपालिकामा नेकपा एमालेमा फुटको असर परेको छ ।

केहि नेताहरु एकीकृत समाजवादीमा गएकाले एमालेलाई यसपटक चुनाव जित्न त्यति सजिलो छ्रैन् । एमाले फुटेको अबस्था रहेको र नेपाली कांग्रेस सहित तीन पार्टी बिच गठबन्धन भएकाले पनि यसपटक कांग्रेसले चुनाव जित्ने दाहुमा रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्का यतिबेला चुनावी ऐजेन्डा दिएर मतदाताको घरदैलोमा व्यस्त छन् । २०६० सालबाट नेपाल बिद्यार्थी संघको इकाई सदस्यबाट राजनिति यात्रा सुरु गरेका खड्का युवा नेतृत्व हुन् ।

बिद्यार्थी राजनितिमा नेपाल बिद्यार्थी संघको जिल्ला सचिवसम्म पुगेका खड्का ०६७ सालमा नेपाली कांग्रेसको क्षेत्रिय सदस्य बनेका थिए । ०७२ सालमा क्षेत्रिय अध्यक्ष बनेका खड्का नेपाली कांग्रेसका जिल्ला सचिव हुन् । बालदेखि बृद्धसम्म मिजासिलो स्वरले प्रस्तुत हुने खड्क करिव १० वर्षसम्म शिक्षण पेसामा पनि आवद्ध थिए । इस्मा गाउँपालिकाको वडानम्बर–५ निवासी खड्का समृद्ध इस्मा गाउँपालिका बनाउने दरिलो खम्बा बनेर प्रस्तुत भएका छन् ।

इस्मा गाउँपालिका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेकपा एमालेबाट पनि प्रमुख उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । नेकपा माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका बसन्त सुनारको समर्थन गठबन्धनलाई रहेको छ ।

इस्मा गाउँपालिकामा पुर्ण बहादुर कुँवर, भागिरथ थापा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट कालिका बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद बस्नेत उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D