जिल्ला समाचार

समाज र राष्ट्र बनाउनमा शिक्षकको भूमिका महत्वपूर्ण: कांग्रेस नेता पन्थी

कौरव खत्री
गुल्मी, २४ चैत्र । नेपाल शिक्षक संघ मुसिकोट नगर कार्यं समितिको आयोजनामा प्रथम स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम शनिवार वामीमा सम्पन्न भएको छ ।

प्रथम प्रतिनिधि सभालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले शिक्षा क्षेत्रको विकास भए मात्र आम नागरिकको जीवनस्तरमा सुधार हुने एवं देशमा समृद्धि ल्याउन सकिने बताए ।

साथै कांग्रेस नेता पन्थीले अव शिक्षाको माध्यमबाट समाज र राष्ट्र बनाउने जिम्मा शिक्षकहरुको भएकोले गुल्मीमा नेपाल शिक्षक संघले महत्वपूर्ण कार्य गरेको प्रति धन्यवाद दिदै उनले भने बर्तमान अवस्थामा गुल्मीमा कांग्रेसका प्रत्येक वडाहरु क्रियाशिल भए पार्टी बलियो हुने बताए ।

साथै उनले थपे एउटा चुनाव हार्दैमा आम कांग्रेस कार्यकर्ताहरु निरास नहुन आग्रह गदै बर्तमान हाम्रो नभएपनि भविष्य हाम्रै भएको बताए ।

साथै उनले भने वामी, अर्लाङ्गकोट, मुसिकोट लगायत यस क्षेत्रका स्थानहरुमा रहेका महत्वपूर्ण सडक, खानेपानी,सिचाई तथा पक्की पुल लगायतका विकास निर्माणका कार्यहरु काँगे्रसले नै सुरुवात गरि अगाडी बढाएको ठोकुवा गरे ।

साथै सोहि अवसरमा नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का अध्यक्ष प्रेमनारायण भण्डारीले बर्तमान अवस्थामा अस्थायी,राहत एवं शिक्षक तथा कर्मचारी लगायतका मागहरुप्रति नेपाल शिक्षक महासंघ पेशागत हकहितको लागि आफू सधै सहयोगी बन्ने भन्दै उनले भने हाम्रा समस्याहरु फरक– फरक प्रकृतिका रहेको बताउदै मुसिकोट नगरपालिकामा नेपाल शिक्षक संघले शिक्षकहरुको लागि राम्रो कार्य गरेको बताए ।

साथै सोही अवसरमा नेपाली कांग्रेस क्षेत्रीय सभापति भगवतसिंह खड्का,नेपाली काँगे्रस गुल्मी पूर्व पार्टी सचिव हरिनारायण सापकोटा,नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मिगे्रन्द्र प्रसाद रिजाल,नेपाल शिक्षक संघ गुल्मीका पूर्व उपाध्यक्ष बुद्धिप्रसाद सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका संयोजक शुदर्सन शाक्य, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि श्यामलाल गौतम, नेपाल शिक्षक महासंघ चन्द्रकोट गाँउपालिकाका सचिव विष्णुप्रसाद सुवेदी,नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका उपाध्यक्ष कालिदास खरेल, नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिकाका सचिव सरोजराज बौद्धाचार्य, मुसिकोट नगरपालिकाका छाँया सरकार प्रमुख झविलाल भण्डारी नेपाल शिक्षक संघ गुल्मीका पूर्व सदस्य हुमा पोख्रेल, नेपाल शिक्षक संघ मुनपा ६ का अध्यक्ष लक्ष्मी रिजाल लगायतले शुभकाना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष डिल्लिराज खरेल तथा उपाध्यक्ष तिलका घिमिरेले नेपाल शिक्षक संघ नगर कार्य समितिको स्थापनादेखि हाल सम्म भए गरेका कामका गतिविधि सहित भावी दिनमा गनुपर्ने कामको लक्ष्य समेटिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

साथै सोही अवसरमा नेपाल शिक्षक संघ मुनपाका सचिव भिमसेन केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अवसरमा नेपाल शिक्षक संघ मुनपाद्धारा पार्टीका लागि जग्गादान गर्ने जग्गादाता हरिनारायण सापकोटा तथा नेपाल शिक्षक संघमा पहिलो पटक प्रवेश गरेका केही शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समिति अध्यक्ष डिल्लिराज खरेलको अध्यक्षता तथा उपाध्यक्ष मोहन घिमिरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भिमसेन केसीले गरेका थिए ।

साथै सोही अवसरमा नेपाल शिक्षक संघ मुसिकोट नगर कार्य समितिद्धारा बनभोजको समेत गरिएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका सबै वडाहरुबाट कार्यरत शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D