जिल्ला समाचार

समाजवादी पार्टी गुल्मीको ४४ सदस्यी समितिको घोषणा, अधिकांंस पुर्व माओवादी

अनिल खत्री
११ असोज, गुल्मी । पुर्व संघिय समाजवादी पार्टी र पुर्व नयाँशक्ति पार्टी विच केन्द्रमा भएको एकतालाई देशैभर समायोजन गर्ने अभियानमा जुटेको समाजवादी पार्टीले गुल्मीमा ४४ सदस्यी जिल्ला कार्य समितिको घोषणा गरेको छ ।

शुक्रवार पार्टिले समितिको घोषणा गरेको हो । घोषण सभामा केन्द्रिय सदस्य तथा प्रदेश सह–ईञ्चार्जद्धयः कमल खनाल र नविन सुनुवार, अर्का केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य तथा सामाजिक सेवा तथा मानवअधिकार विभागकी उपप्रमुख कमला बिश्वकर्मा , केन्द्रियस सदस्य तथा प्रदेश मुख्य सचिव यज्ञ पोखरेल, सुकुम्वासी ब्यवस्था समितिका महासचिव सरोज बस्नेत, विद्यार्थी युनियनका उपमहासचिव प्रकास चाम्लिङ्ग लगायतले जिल्ला कार्य समितिलाई प्रशिक्षण दिएका थिए ।

जिल्ला कार्य समिति विरबहादुर गुरुङ्गको नेतृत्वमा गठन भएको हो । अध्यक्ष गुरुङ्ग पछि तीन जना उपाध्यक्ष घनश्याम पाण्डे, पदमबहादुर खत्री, सुरज बिसी रहेका छन । सचिवमा जनक पन्थ, सह–सचिवमा डिलमाया सिंजाली र कोषाध्यक्ष खड्ग बिक रहेका छन् । जिल्ला कार्य समितिमा अधिकांंस पुर्व माओवादी रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D