जिल्ला समाचार

समाचार प्रभाव: मृगौला पिडित कुमाललाई साढे २ लाख रुपैँया सहयोग

हुमाकान्त पोखरेल
गुल्मी ।०३ फागुन । दुवै मृगौला फेल भई जिवनमरणको दोसाँधमा रहेका इश्मा गाउँपालिका १ हस्तिचौरका २८ बर्षिया कमल कुमाललाई आर्थिक सहयोग जुट्न थालेको छ । गुल्मीन्युज डट कममा परिवारमा कमाउने एक मात्रै छोराको दुवै मृगौला फेल: बुवा पनि अस्पातलमै, आर्थिक अभावमा बिचल्ली” शिर्षकको समाचार प्रकाशन–प्रशारण भएपछि तथा स्थानीय शिक्षक समेत रहेका बाबुराम पन्थीले फेसबुकमार्फत अभियान चलाएपछि रकम जुट्न थालेको हो ।

अहिलेसम्म कुल दुई लाख ४० हजार संकलन गरिएको फेसबुक अभियान्ता पन्थीले जानकारी दिए । स्वदेश तथा जापान, कोरिया, साउदी, मलेसिया, कतार, युके, भारत लगायतका देशमा भएका नेपाली नागरिकहरुले उक्त रकम प्रदान गरेका हुन् । काठमाडौको भक्तपुरस्थित मानव अगं प्रत्यारोपण केन्द्रमा एकपटक डाइलसिस भयो । त्यसपछि आर्थिकको अभावमा घर फर्किएका पिडित परिवारले नगद बुझि पुन डाइनोसिसको लागि बुटबलको क्रिन्सन हस्पिटलमा उपचारको लागि गएका छन् ।

विगत आठ बर्षदेखि भारतमा मजदुरी गर्न थालेका कुमाल एक्कासी बिरामी परे । हस्पिटलमा जाँच गराउदा दुवै मृगौला फेल भएको भेटियो । त्यसपछि साहुले घर फर्काइदियो । उनको उपचारका लागि लाग्ने कुल रकम यकिन नभएपनि करिब १५ लाख लाग्ने अनुमान गरिएको छ । उपचारको लागि काठमाडौसम्म जानको लागि परिवारसँग आवश्यक रकम समेत थिएन । त्यसपछि गाउँपालिकाले यातायात खर्चस्वरुप पाचँ हजार उपलब्ध गरायो ।

स्थानीय शिक्षक बाबुराम पन्थीकै सक्रियतामा फेसबुकबाट अभियान चलाई झण्डै पाँच हजार संकलन गरिएको थियो । त्यसका साथै वडा र गाउँपालिका कार्यालयबाट ‘विपन्न नागरिक औषधी उपचार निर्देशिका’ अनुसार सहयोग गर्न अनुरोध गरिएको छ । शिक्षक पन्थीले पनि स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई आर्थिक सहयाग गरी कमल कुमालको ज्यान बचाइदिन आग्रह गरे । सहयोगको लागि परिवारले नेपाल एस. बि. आई. बैंकमा निज बिरामी श्रीमती लक्ष्मी कुमालको नाममा रहेको खाता नम्बर २०९१५२४३४००८२१ मा रकम जम्मा गरिदिन उनले आग्रह गरिन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D