जिल्ला समाचार

समन्वय समिति गुल्मीमा एमालेका प्यानलै निर्बिरोध निर्वाचित

अनिल खत्री
गुल्मी साउन २७ । जिल्ला समन्वय समिति गुल्मीमा एमालेका प्यानलै उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । समन्वय समितिको निर्वाचनको लागी मनोनय दर्ताको समय अबधीमा एमालेका उम्मेदवार बाहे अन्य पार्टीबाट कुनै पनि उम्मेदवारले मनोनय दर्ता नगराएपछी निर्बिरोध निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठको मात्र मनोनय दर्ता भएको जिल्ला अदालत गुल्मीका न्यायदिस एबं मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए । उनको अनुसार मनोनय दर्ताको समय अबधीमा एमालेका उम्मेदवारले मात्र मनोनउ दर्ता गराएको जानकारी दिए । समितिको अन्य सदस्यहरुमा चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, हरिप्रासद ज्ञवाली रमादेबी पुन, गंगा पन्त,उजेली बिकको मनोनय दर्ता गराएका छन् ।

जिल्लाका १२ स्थानीय तह मध्ये एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितको थियो । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको कुल २४ मतमध्ये एमाले एक्लैको १७ मत रहेको थियो ।

कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । समन्वय समितिको निर्वाचनको लागी आज अर्थात शुक्रवार २७ गते १ बजे सम्मको लागी मनोनय दताको समय राखिएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा बस्यालले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार साउन २९ गते दाबी बिरोध र ३० गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । समितिका साउन ३१ गते १० बजे मतदानको कार्यक्रम राखिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D