सनराइज बैंकद्धारा रेसुङ्गामा सरसफाई

अनिल खत्री
१० असोज, गुल्मी। सनराइज बैंक गुल्मी शाखाले रेसुङ्गामा सरसफाई गरेको छ । बैंकको १२ औं वार्षिक उत्सवको अबरसमा जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरेको हो ।

‘सफा रहौं सफा राखौं’ भन्ने नाराका साथ वार्षिक उत्सव मनाउने शिलसिलामा बैंकले शुक्रवार जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा सरसफाई गरेको बैंक शाखा प्रमुख दिनेश पन्थीले बताए । बैंकको वार्षिक उत्सवसँगै जिल्लाको धार्मिक क्षेत्रमा पर्यटकीय आगमनलाई वढाउन र सरसफाइ गरेर सुन्दर राख्नको निम्ति बैंकका कर्मचारीहरु र स्थानीयले मिलेर पोखरी र यज्ञशालामा सरसफाई गरिएको पन्थीले बताए ।

सरसफाईसँगै फोहोर संकलन गर्न सामाग्रीहरु पनि रेसुङ्गा क्षेत्रमा राखिएको बैंकले जनाएको छ । नेपाल भ्रमण वर्षमा रेसुङ्गा क्षेत्रलाई पर्यटकहरुको आगमन र त्यहाँको सुन्दरता राख्नको निम्ति बैंकले पनि सरसफाई गर्ने काम गरेको शाखा प्रमुख पन्थीको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ