जिल्ला समाचार

सत्यवती बग्दा गुल्मी दरबारलाई दुख्यो: अध्यक्ष थापा

भुवन भुसाल
गुल्मी, साउन १० । गुल्मीदरबार गाउपालिकाले सत्यवती गाउँपालीकाका पहिरो पिडितलाई नगद सहयोग प्रदान गरेको छ । सत्यवती गाउँपालिकाको कार्यालयमा पुगेर गुल्मीदरबार गाउपालिका अध्यक्ष अशोक थापाले सत्यवतीका अध्यक्ष पारिस्वर ढकाललाइ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले सत्यवती बग्दा गुल्मीदरबारलाई दुखेको भन्दै पहिरोमा ज्यान गुमाउने प्रती श्रद्दान्जली ब्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । साथै अध्यक्ष थापाले यो दुखको घडिमा गुल्मी दरबार गाउँपालिका सधै सङ्गै रहेको भन्दै पुनः सहयोग गर्न तयार रहेको प्रतिबद्दता ब्यक्त गर्नु भयो । सहयोग रकम बुझ्दै सत्यवति गाउँपालिकाका अध्यक्ष पारिस्वर ढकालले धन्यबाद ब्यक्त गर्नुभयो ।
गुल्मी दरबार गाउँपालिकाले नगद ६१ हजार सहयोग गरेको हो । यो रकम गाउँपालिकाका जनप्रतिनिधी, कार्यपालिका सदस्यहरु, कर्मचारी, स्थानिय पत्रकारहरुले ब्यक्तिगत रुपमा संकलन गरेर सहयोग गरेको गाउपालिकाका कार्यकारी प्रमुख लेख बहादुर बस्नेतले जानकारी दिनुभयो

अबिरल पानी परेकाले लिम्घा र ठुलोलुम्पेक पुग्न नसकिएको पत्रकार नवीन कार्किले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मी दरबार गाउपालिका उपप्रमुख मिना भण्डारी, सत्यवती गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत यादब भण्डारि, त्यहाँका जनप्रतिनिधी लगायतको समेत उपस्थिति रहेको थियो ।

गत सोमबार सत्यवती गाउपालिकाको वडा न ४ लिम्घा र वडा न ३ ठूलो लुम्पेकमा पहिरो जादा १३ जनाले ज्यान गुमाएका छन भने २ जना घाइते भएका छन् । त्यहाँका ६ सय भन्दा बढी परिवार बिस्थापित भएका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D