जिल्ला समाचार

सत्यवती खैैरेनी महोत्सव सुरुः तामझाममा खर्च कटौती, नेता र मन्त्रीहरुलाई पनि बोलाईएन

प्रेम सुनार
बुटवल, पौष १२ । गुल्मीको सत्यवती गाउँपालिकामा प्रथम सत्यवती खैरेनी महोत्सवम विहिवार देखि सुरु भएको छ । मेला यस अर्थमा पृथक बनेको छ कि , महँङ्गो महँङ्गो खादामा गरिने खर्च कटौती गरियो र स्थानिय उत्पादन पुष्पगुच्छाले अतिथीहरुलाई स्वागत गरियो ।

त्यस्तै ठुला ठुला नेता र मन्त्रीहरुलाई बोालएर उद्घाटन र समापन गराउने प्रचलन पनि बढि नै झण्झटीलो र खर्चिलो ठानियो । आयोजक संस्था खैरेनी युवा क्लवका अध्यक्ष टिकाजित बुढाथोकीले भने त्यसैले स्थानिय सरकार प्रमुख सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालबाट उद्घाटन गराउने निर्णय गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रशस्त पर्यटकिय विकासको सम्भावना रहेको सत्यवतीको प्रचार प्रशासरका लागि खैरेनी युवा क्लव संग गाउँपालिकाले सहकार्य गरेर महोत्सवको आयोजना गरिएको बताए ।

उनले ५ नंं प्रदेशकै सबै भन्दा अग्लो लेक थाप्लेको लेक यसै थलोमा रहेको , कालिगण्डकीको तटमा अवस्थित रुद्रववेणीको राममन्दिर पनि यसै थलोमा रहेको बताउँदै गाउँपालिका कृषि र पर्यटन विकासबाट यहाँको जनताको मुहार फेर्ने गुरुयोजना बनाई रहेको जानकारी दिए ।

उनले बडिगाड खोलामा ¥यापटिङ्ग सेवा सञ्चालन गरेर पर्यटक भित्राउने लक्ष्य अनुरुप केहि दिन अघि मात्र विज्ञहरुको टोली बोलाएर ¥यापटिङ्गको सफल परिक्षण भई सकेको , कालिगण्डकीलाई थुनेर जलसाय निर्मार्ण गरी ¥यापटिङ्ग का अलवा विद्युत उत्प्दान गरिने बताए ।

ऐतिहासिक भार्से गाउँमा होमस्टेको विकास संगै त्यसको टापुमा अवस्थित  थाप्लेको लेकमा भ्युटावर निर्माण  गर्न सुरु गरिएको र ब्यसायीक कृषि उत्पादनबाट यहाँको विकास गर्न थालिएको जानकारी दिए  ।

कार्यक्रममा बिशेष अतिथीका रुपमा गाउँपालिका उपप्रमुख सुवर्ण शाही सेरचन, सत्यवती ६ का वडाध्यक्ष विष्णुुप्रसाद भण्डारी, वडा ५ का ओमप्रसाद भण्डारी , वडा नम्वर ८ का सन्तकुमार थापा, गुल्मी उद्योग वाणिज्य संघका दुर्गाप्रसाद पाण्डे , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, खैरेनी वजार ब्यवस्थापन समितिका अध्यक्ष शिद्धिमान श्रेष्ठ लगायतले मनत्वय राखेका थिए ।

पुस १२ देखि २१ गते सम्म चल्ने महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्न कृषि प्रदर्शनी, स्थानिय उत्पादनको ब्यापार ब्यवसाय गरिने भएको छ । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको जमघट रहने छ । महोत्सव उद्घाटन पुर्व खैरेनी वजारमा झिँ:नेवा: समाज खैरेनीले त्यस बजारमा नेवार समुदायको झाँकी सहित प्रभातफेरी गरेको थियो ।

“कृषि पर्यटनका पूर्वाधार, आर्थिक विकासको मुल आधार” भन्ने मुलनाराका साथ आयोजित महोत्सवको सत्यवती गाउँपालिकाको सहकार्यमा , खैरेनी युवा क्लव आयोजक र खैरेनी बजार ब्यवस्थान समिति सहआयोजक रहेको छ । १० दिन सम्म दैनिक राष्टिय कलाकारको रमझम सहित महोत्सव चल्ने महोत्सव स्थलमा रमाईलो मेला र अन्य ब्यापारि सहित करिब ३ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष बुढाथोकीले बताए ।

उनका अनुसार महोत्सव भित्र ७० वटा स्टल रहेका छन र करिब २० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । उनको अध्यक्षतामा सम्पन्न कार्याक्रममा नेपाल चेम्वर अफ कमर्सका जिल्ला संयोजक युवराज न्यौपानेको स्वात मन्तव्य र कलाकार भरत क्षेत्रीको सञ्चालन रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D