जिल्ला समाचार

सत्यवतीको प्रचार प्रसारको नयाँ रणनीति

तरामु संयोजक
गुल्मी, ९ मंसिर। ठूलाेलुम्पेक काे पर्यटन विकासका लागि जितु तरामु मगरकाे संयाेजकत्वमा एक समिति गठन भएकाे छ । सत्यवतीलाई नेपाल भ्रमण वर्ष २०२० काे लागि नेपाल सरकारले नेपालका नयाँ सय पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको छ । सोही अनुसार भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले समिति निर्माण गरिएको हो । नव गठित समितिले गुल्मी आउने आन्तरिक तथा बाहिरी पर्यटकहरुलाई गुल्मीकाे सत्यवती क्षेत्रमा पुर्याउने, कला संस्कृतिकाे संरक्षण, सभ्यता सिकाई र सरसफाई जस्ता कार्यहरु गर्ने, संभावित पर्यटन अाकर्षणका विषयवस्तु उजागर गर्नेछ । त्यस्तै पुर्वाधार निर्माणका लागि सरकारी निकायसंग सहकार्य गर्ने, अान्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउनका लागि विभिन्न ट्राभल एजेन्सीहरु संग सहकार्य र समन्वय गर्ने , हाेमस्टे कार्यक्रम सञ्चालन गर्ने जस्ता महत्वपुर्ण याेजना राखेकाे संयोज तरामुले बताए।

नवगठित समितिमा संयाेजक जितु तरामु मगर, सदस्यहरुमा बेलबहादुर थापा मगर, भरत सिंजालीमगर, टाेपला थापा मगर, दानमाया तरामु मगर, टेकबहादुर श्रीस मगर, लाेकबहादुर सुनार र शुभा सुनार रहेका छन् । सत्यवती गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष रुकबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भेलामा कार्यपालिका सदस्य नरमाया राना मगर तेजकुमारी थापा मगर , क्लिन ड्रिङ्किङ वाटर एड्भेन्चरका फाउण्डर विशु सिंजाली मगर, हेल्थ फाेकल पर्सन पासाङ सिंजाली मगर, वडा सदस्य अर्जुन तरामु मगर, वडा सदस्य तारा तरामु मगर, धर्मपुर मा. वि का प्रधानाध्यापक बलबहादुर राहादी, भानु अाधारभुत विद्यालयका प्रधानाध्यापक खिमलाल राहादी, मनकामना प्राविका प्रअ कृष्णबहादुर राना , सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र नेपालका सहसचिव रुद्र श्रीस मगर लगायतका विशिष्ट व्यक्तित्वहरु लगायत बुद्धिजीवी समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D