जिल्ला समाचार

सत्यवतीको पिडामा छिमेकी चन्द्रकोटको मल्हम, सत्यवतीका अध्यक्ष ढकालद्वारा आभार प्रकट

डि.बी खड्का
गुल्मी, साउन १८ । वर्षासँगै गएको भीषण पहिरोका कारण ठूलो जनधनको क्षती भई शोकमा डुबेको सत्यवती गाउँपालिकालाई छिमेकी चन्द्रकोट गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीको नेतृत्वको टोली पहिरोग्रस्त क्षेत्र ठुलोलुम्पेकमा पुगी आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

चन्द्रकोट गाउँपालिका स्थित विभिन्न संघसंस्थाद्वारा संकलित ६ लाख तीस हजार सात सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले जानकारी दिएका छन् । सहयोग रकम हस्तान्तरण गदै अध्यक्ष खत्रीले भने, ”सत्यवती गाउँपालिकालाई परेको पीडामा सिङ्गो चन्द्रकोट गाउँपालिका अत्यन्तै दुखी छ र सत्यवतीको पिडा कम गर्न हामी सदैव तयार छौँ ।” । खत्रीले थपे ”पहिरोका कारण भौतिक संरचनामा ठुलो क्षती पुगेको र यसको व्यवस्थापनमा सहयोग गर्न हामी सदैव तयार छौँ ।”

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकालले चन्द्रकोट गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै एउटा स्थानीय तहलाई दु:ख पर्दा अर्को स्थानीय तहले सहयोग गरी मानवता तथा छिमेकीको भुमिका निर्वाह गरेकोमा आभार प्रकट गरे । साथै ढकालले सहयोग गर्नुहुने सम्पुर्ण व्याक्ती, संघसँस्था, स्थानियतहलाई धन्यवाद प्रकट गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D