सत्यवतीका पहिराे पिडितलाई धुर्काेटबाट आर्थिक सहयाेग

हुमाकान्त पाेखरेल
गुल्मी, १५ साउन । धुर्काेट गाँउपालिकाले सत्यवती गाँउपालिकाका पहिराेपिडितलाई आर्थिक सहयाेग गरेकाे छ ।

गाँउपालिकाकाे तर्फबाट एक लाख रुपैँया, जनप्रतिनिधि र कर्मचारीकाे एक/एक दिनकाे तलब ६० हजार रुपैँया तथा शिक्षक महासंघकाे तर्फबाट ५० हजार रुपैँया गरि कुल दुई लाख १० हजार रुपैँया प्रदान गरिएकाे गाउँपालिकाकी प्रवक्ता कविता विकले जानकारी दिइन् ।

धुर्काेट गाँउपालिकाका अध्यक्ष भुपाल पाेखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले सत्यवती गाँउपालिका अध्यक्ष पारिश्वर ढकाललाई रकम प्रदान गरे । यहि साउन ११ गते सत्यवती गाँउपालिकाकाे लुम्पेक र लिम्घामा गएकाे पहिरामा परि १३ जनाकाे ज्यान गएकाे थियाे भने ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ