जिल्ला समाचार

सत्यवतिका पहिरो पिडितलाई गुल्मी सेवा समाज ओमनद्धारा सहयोग

सुरेश थापा
गुल्मी, साउन २८ । गुल्मीको सत्यवतिका पहिरो पिडितलाई बिभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको छ ।

घरवास गुमाएका पहिरो पिडितहरुका लागि गुल्मी सेवा समाज ओमनले ७२ हजार ५ सय २५ रुपैया सहयोग रकम प्रदान गरेको छ । आज छबिलाल ढकालले उक्त रकम गाउपालीकालाई हस्तान्तरण गर्नुभएको हो । गाउपालीका अध्यक्ष पारिश्वर ढकाल , उपाध्यक्ष सुवर्ण शाहि सेरचन ,प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी लगायतको टोलीलाई ढकालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका पीडित परिवारको राहत र पुर्नस्थापनाका लागि एक करोड बढि रकम संकलन भएको छ ।

विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले गरेको सहयोग गरेका छन् । अझै पनि सहयोग प्राप्त हुने क्रम रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
त्यस्तै नगद र खाद्य, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ । ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।

गत साउन ७ गतेको पहिरोबाट प्रभावित वडा नं। ३ र ४ तथा वडा का बिद्यालयमा आश्रय लिएकालाई घरको अबस्था हेरिकन व्यवस्थापन गरिने भएको छ । बिद्यालयमा बस्दै आएकाहरुलाई भदौ १ गते पछि विद्यालयहरु संचालनमा आउने भएकोले अस्थायी आवासमा राख्ने तयारी भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । जोखिमयुक्त घरपरिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D