जिल्ला समाचार

सगरमाथा इन्स्योरेन्सको ८४ औँ शाखा गुल्मीमा स्थापना

हुमाकान्त पोखरेल
१७ पौष, गुल्मी । सगरमाथा इन्सियोरेन्स कम्पनी लिमिडेटको ८४ औँ शाखा गुल्मीमा स्थापना भएको छ । शाखाले मंगलबारदेखि कारोबारसमेत सुरु गरेको छ । सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै शाखा स्थापना भएको जानकारी गराइएको हो । इन्सियोरेन्सले कम्पनीमा विभिन्न आठ मुख्य विशेषताहरु रहेको पनि जनाएको छ । जसअन्तरगत घटनास्थलमै दाबी फछ्र्यौट, छिटो र भरपर्दो सेवा, २४ सै घण्टा सेवा, झन्झट मुक्त दाबी प्रक्रिया रहेका छन् । त्यस्तै छोटो कागजी कामबाट काम गरिने भएकोले समयको बचत हुने, आर्थिक बोझबाट तत्काल राहत मिल्ने, अतिरिक्त बीमा शुल्क नचाहिने र १० प्रतिशत कर्पोरेट छुट दिइने कम्पनीले जनाएको छ । त्यसैगरि कम्पनीअन्तरगत विभिन्न आठ प्रकारका बिमा कार्यक्रम पनि रहेका छन् ।

जसमा घरेलु सामानबाट हुने बिस्फोट, चट्याङ तथा भूकम्प, हुरी, बतास, बाढी पहिरो लगायतका कारणबाट हुने नोक्सानीको क्षतिपूर्ति दिनेछ । त्यसैगरि मोटर बीमा, सामुद्रिक बीमा, इन्जिनियरिङ्ग बिमा, हवाई बीमा, बालि तथा पशु पंक्षि बीमा पनि कम्पनीले गर्न सँस्थाका गुल्मी प्रमुख भरत चन्दले जानकारी दिए । त्यसैगरी लघूबीमा अन्तरगत एक लाख ५० हजार सम्मको ब्यक्तिगत दुर्घटना बीमा, ३५ हजार सम्मको स्वास्थ्य बीमा र दुई लाख सम्मको ब्यक्तिगत घरको बीमाको जोखिम बहन गर्ने शाखा प्रमुख चन्दले जानकारी दिए ।

वि.सं. २०५१ सालमा स्थापना भएको सगरमाथा इन्स्यिोरेन्स कम्पनीको चुक्तापुँजी ५५ करोड छ । आगामी असार मसान्तसम्म एक अर्व पु¥र्याउनुपर्ने सँस्थाका क्षेत्रिय कार्यालय प्रमुख गोपाल ज्ञवालीले बताए । कम्पनीले अन्य कम्पनीसँग पनि आर्थिक साझेदार गरेको जनाएको छ । गोल्छा अर्गनाइजेसन, साल्ट ट्रेनिङ कर्पोरेसन, ज्योती ग्रुप, सनराइज बैंक लगायतका वित्तिय सँस्थासँग साझेदारी गरेको बुटबल शाखा प्रमुख मोहन गौतमले बताए । पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले जनचेतनाको अभावले गर्दा बीमाको महत्व गाउँगाउँसम्म पुग्न नसकेको बताए । ‘बीमा अनिवार्य हो, तर सबैले बुझ्न सकेका छैनन ।’ उनले भने, ‘यसको महत्व गाउँगाउँसम्म बुझाउन जरुरी छ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D