जिल्ला समाचार

संसद विघटनको बिरोधमा राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा सदरमुकाम तम्घासमा विरोध प्रदर्शन

गुल्मी, पौष २१ । संसद विघटन विरुद्ध राष्ट्रिय जनमोर्चा गुल्मीले सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै राजमो गुल्मीले तम्घास बजारमा विरोध प्रदर्शन गरीे जिल्ला प्रसाशन कार्यालय अगाडि कोण सभामा परिणत भएकोे हो । बिरोध प्रदर्शनमा बिघटित प्रतिनिसभा पुनःस्थापना गर, कालापनीबाट भारतीय सेना फिर्ता गर, संघीयता खारेज गर, महिला हिंसा अन्त्य गर, बढदो महंङ्गी नियन्त्रण गर जस्ता नारा लगाइएको थियो ।

राष्ट्रिय जनमोर्चाका नेता तथा केन्द्रिय सदस्य शोमकुमार कार्कीले विरोध सभालाई सम्बोधन गरेका थिए । राष्ट्रिय जनमोर्चाका नेता तथा कालिगण्डकी गाउँपालिका उपाध्यक्ष तारा थापा, अखिल नेपाल वुद्धीजिवी संघका अध्यक्ष कमल प्रसाद अर्याल, राम कुमार क्षेत्रीले लगायतले पनि बिरोध सभालाई सम्बोधन गरेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा गुल्मिका उपाध्यक्ष रामेश्वर खत्रीको स्वागत मन्त्यव तथा राष्ट्रिय जनमोर्चा गुल्मीका सचीव छविलाल सर्तुङ्गिको सन्चालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D