जिल्ला समाचार

शैलजा आर्चायको १० औँ स्मृती दिवसमा गुल्मीमा अन्तरक्रिया तथा वृक्षारोपण

रमेश विश्वकर्मा
गुल्मी, जेठ २९ । नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बिपि स्मृति भवन सदरमुकाम तम्घासमा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मी तथा नेपाल महिला संघ रेसुङ्गा नगर कार्यसमिती गुल्मीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसको नेतृ तथा प्रजातान्त्रिक आन्दोलनकी योद्धा शैलजा आर्चायको १० औँ स्मृति दिवशको अवसर पारेर अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम गरिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेयले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस जिल्ला सभापती भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्चायले कांग्रेसलाई पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलनसँगै महिलाहरुलाई राजनितिको मूलधारमा ल्याउनका लागि स्वर्गीय आर्चायको योगदान उल्लेखीय रहेको कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य थम्मन के.सि., झविन्द्र विश्वकर्मा, हरिकृष्ण विक, जिल्ला आमन्त्रित सदस्य पदम विष्ट, भातृ सङगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल महिला संघका गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेयको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव पार्वता के.सिले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D