जिल्ला समाचार

शुरु भयो बढीगाड खोलामा र्‍याफ्टिङ, मन्त्री बिष्टले गरे उद्घाटन

टोपलाल अर्याल
गुल्मी, ३ बैशाख । जिल्लाको बढीगाड खोलामा ब्यावसायीक रुपमा र्‍याफ्टिङ सुरु गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकण बिष्टले आफै चढेर र्‍याफ्टिङको शुभारम्भ गरे । मुसिकोट नगरपालिका र वढीगाड गाउँपालिकाले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले र्‍याफ्टिङ संचालन गर्ने योजना अगाडी सारेका थिए । जसका लागि गत पुसमा संभाव्यता अध्ययन समेत गरिएको थियो ।

यो पनि पढ्नुस्: प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम सन्चालन हुन्छ: मन्त्री बिष्ट

झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट ७ वामीले मंगलबारबाट र्‍याफ्टिङ सुरु गरेको छ । र्‍याफ्टिङ उद्घाटन गदै मन्त्री विष्टले वढीगाढ नदीका थुप्रै संभावना मध्येको यो एउटा काम भएको बताए । अव बढिगाढको पहिचान बढ्दै जाने भएकाले व्यावासयीक हिसावले र्‍याफ्टिङ सफल हुने बताए । मन्त्री बिष्टले बडिगाढ खोलाको शिर ढोर पाटन भएकाले सम्बन्ध बिस्तार मार्फत त्यहाँका पर्यटकलाई र्‍याफ्टिङसम्म ल्याउनुपर्नेमा जोड दिए । उनले ठुलो बडिगाड त्यतिकै बगे पनि थुप्रै खेतीयोग्य जमिन बाँझो रहेकाले यसको उपयोग मार्फत धेरै विकास गर्नुपर्ने बताए ।

मन्त्री विष्ट बढीगाड गाउँपालिकाको २ खर्वाङ्गवाट दुई किलोमिटर भन्दा बढी नदीमा र्‍याफ्टिङ समेत गरेका थिए । र्‍याफ्टिङ पछी प्रतिक्रिया दिँदै बिष्टले यसको संभावना धेरै राम्रो र आनन्द पनि उत्तिकै रहेको बताए । वढीगाढ नदीमा र्‍याफ्टिङका लागि गएको १२ पुसमा गुल्मीका मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका र बाग्लुङ्गको बढीगाड गाउँपालिकाले त्रिशुलीमा ¥याफटिङ्ग संचालन गरिरहेका मानध्वज गुरुङ्ग सहितको अध्ययन टोली बोलाएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । उनले परिक्षण सफल भएपछि आफुहरुले व्यासाय संचालनको अनुमति दिएको सापकोटाले बताए । उनले मध्य पहाडी लोक मार्ग र रिडि–रुद्रवेणी– वामीटक्सार सडकको केन्द्रबाट र्‍याफ्टिङ सुरु गरिएकाले पर्यटक भित्राउन कुनै मुस्किल नपर्ने बताए ।

मगंलवारवाट शुरु भएको र्‍याफ्टिङले व्यावसायी समेत उत्साहित भएका छन् । र्‍याफ्टिङले यस क्षेत्रको पर्यटन प्रर्वद्धनसगै होटल आफुहरुको व्यावसायमा समेत फाइदा हुने अपेक्षा रहेको वामीटक्सारमा होटल सञ्चालन गदै आएका गोपाल सापकोटाले बताए । संघियतासंगै केहि चहलपहल भएपनि ¥याफटिङ्गले त्यसलाई अझै बढाएर लैजाने सापकोटाको भनाई छ । तीन चरणमा र्‍याफ्टिङ गर्न सकिने व्यावस्था रहेको झक्कले एग्रो टुरिजम रिर्सोटका अध्यक्ष चुरामणी सापकोटाले बताए । उनले पहिलो स्टेपमा खर्बाङ्ग– झेदी, दोस्रो स्टेपमा झेदी–कुर्घा र तेस्रो स्टेपमा कुर्घा–झक्कलेसम्म यात्रा गर्न सकिने सापकोटाले बताए । अहिलेलाई अत्यन्तै न्युन शुल्कमा प्रति व्यति आठ सय ५० शुल्क निर्धारण गरिएको व्यावस्थापक अनिश गैरेले बताए । एक पटकमा आठ जनाले ¥याफटिङ्ग गर्न सकिन्छ । अहिले दैनिक तीन पटक मात्रै र्‍याफ्टिङ गरिने गैरेले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D