सरकार बरालियो, बाटो बिरायो भने सरकारलाई सहि बाटोमा ल्याउन काँग्रेस प्रतिपक्षमा छ: कांग्रेस नेता पन्थी

रमेश विश्वकर्मा
गुल्मी, फागुन ५ । नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले देशलाई समृद्ध र विकासको यात्रामा अघि बढाउनको लागि शिक्षाको अत्यन्तै महत्व रहेको बताएका छन् ।

जिल्लाको रुरु गाउँपालिका वडा नं. ५, बम्घा, काहुले स्थित जनज्योति प्राथमिक विद्यालयले आफ्नो ५० औं वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै नेता पन्थीले शिक्षा बिना देशको न त विकास हुन्छ, न त समृद्धी सम्भव छ तयसकारण शिक्षा देश विकासको एउटा महत्वपूर्ण मेरुदण्ड भएको बताएका छन ।

शिक्षा देश विकासको मेरुदण्ड भएको कारणले शिक्षा क्षेत्रमा वा विकास निर्माणका कुनै पनि क्षेत्रमा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन । समाज परिवर्तनको नाममा सामाजिक क्षेत्रमा अनावश्यक राजनीतिक गर्न नहुने बताएका छन ।

“पछिल्लो समय हरेक ठाउँमा राजनीति गर्ने प्रचलन आएको हुनाले समाज विभेदमा परेको छ”, उनले भने, “पाँच वर्षमा एकपटक राजनीति गर्ने त्यो पनि चुनावको समयमा मात्र अरु बेला सबै मिलेर एकतावद्ध भएर समाजको विकासतर्फ लाग्नु र्पछ ।”

“लोकतन्त्र आफैमा एउटा व्यवस्था, संस्कार र पाठशाला हो, यसको एउटा मूल्य र मान्यता आफैमा छ, त्यसकारण समाज विकासको यात्रामा कुनै पनि राजनीतिक दलसंग आग्रह पूर्वाग्रह राख्नुहुदैंन, हामी सबै एक भएर अगाडी बढ्नुपर्दछ”, नेता पन्थीले थपे, “विकास जनताको चाहना हो, विकास हामी सबैको चिन्तन हो ।”

नेता पन्थीले पहिले सुरुवात गरिएका विकासका योजनाहरुलाई निरन्तरता दिएमा मात्र गुल्मीमा विकासले धेरै फड्को मार्ने र २०७० सालपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी सांसद हुँदा जिल्लामा धेरै बहुवर्षीय विकासका योजनाहरु भित्रीएको पनि दावी गरे । उनले त्यतिबेला विकासले गति लिएको भन्दै डा. भण्डारीलाई धन्यवाद समेत व्यक्त गरेका थिए । त्यो समयमा पुरा नभएका खानेपानी, पुल, सडक, विद्यालय भवन, स्वास्थ्य चौकी भवन विकासका योजनाहरुलाई निरन्तरता दिनको लागि वर्तमान मन्त्री तथा सांसदहरुलाई आग्रह समेत गरेका छन ।

‘सरकार बरालियो, सरकारले बाटो बिरायो भने सरकारलाई सहि बाटोमा ल्याउन नेपाली काँग्रेस प्रतिपक्षमा छ, तर देश विकास र समृद्धको यात्रामा भने काँग्रेस पार्टीले कोही पनि कुनै बाधा पुर्याउँदैन”, पन्थीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ