जिल्ला समाचार

शिक्षासेवी भिमलाल सापकोटा सेवा निबृत्त

अनिश शर्मा गैरे
गुल्मी, पौष १८ । गुल्मी जिल्लामा करिब ३३ बर्ष लामो शिक्षण पेशामा संलग्न रही समाजलाइ दिप बनेर उज्यालो दिएका भिमलाल सापकोटाले अवकाश लिएका छन ।मुसिकोट नगरपालिका ७ वामी स्थित महेन्द्र आदर्श माबिमा सो समय बिताएका उनले केही दिन अघि मात्र राजीनामा दिएका हुन ।

उनको राजीनामा जिल्ला शिक्षा कार्यालयले यही पौष १६ गतेबाट लागु हुने गरी स्वीकृत गरीएको छ ।

गत बर्ष पाल्पामा सडक दुर्घटनामा परी घाइते भएर पुनर्जीवन पाएका सापकोटाले आफ्नो स्वास्थ्य समस्याको कारण राजीनामा दिएको बताए । उनले पहिलो पटक २०३६ सालमा सो बिद्यालयबाट एसएलसी पास गरेका थिए ।
Bhimlal-sapkota
भने ३६ सालबाटै प्राबि स्थायी दरबन्दीमा उनी सोही बिद्यालयमा नियुक्ती पनि पाएका थिए । तर २०३९ सालमा उनी सो पेशा छोडेर अध्ययनमा लागेका थिए । २०४४ साल भाद्र ५ गतेबाट पुनः बिद्यालयमा शिक्षण सुरु गरेका सापकोटाले हाल सम्म पनि प्रद्यानाध्यापकको रुपमा काम गरीरहेका थिए ।

भने गत बर्ष बिद्यालयको काम गरेर बुटवलबाट फर्कने क्रममा मँसिर ८ गते पाल्पामा सडक दुर्घटनामा परी घाइते भएका थिए । स्वास्थ्य उपचार पछि पनि शिक्षण पेशामै फर्किएका उनीले गुल्मी जिल्लाका बिभिन्न शैक्षिक क्षेत्रमा रही काम गरीरहेका थिए ।

उनले रुद्रावती शैक्षिक बिकास केन्द्र गुल्मीको स्थापना भएको २०६३ सालबाटै अहिले सम्म अध्यक्ष रहीकाम गरे भने ४ बर्षदेखी शिक्षक युनियन गुल्मीको अध्यक्ष भइ काम गरे ।

४८ सालमा स्थायी नियुक्ती पाएका उनले महेन्द्र आदर्श माबि वामीमा २०६० सालबाट बिद्यालयमा प्रअको रुपमा कार्यभार सम्हालेका थिए । उनकै नेतृत्वमा वामी स्थित रुद्रावती बहुमुखी क्याम्पसको लागि २०६२ सालमा धान्याञ्चल सञ्चालन भएको थियो ।

करिब ३३ बर्ष शिक्षण पेशामा लागेका उनको शैक्षिक योगदानको मुल्याङ्क यो समाजले अवश्य पनि गर्नेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D