रमेश विश्वकर्मा
गुल्मी, फागुन ७ । जिल्लाको मदाने गाउँपालिकाले बाल विकास केन्द्र सहयोगी कार्यकर्ताहरुका लागि ४ दिने आवासिय तालिम मङ्गलबार सम्पन्न गरेको छ ।
बाल विकास केन्द्रमा पढाउने शिक्षकहरुलाई साना बालबालिकाहरुलाई कसरी पढाउने भन्ने विषयमा यो तालिम दिएको हो । तालिम गाउँपालिकाको आयोजनामा पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदहमा सञ्चालन भईरहेको थियो ।
तालिममा मदाने गाउँपालिका भित्र रहेका विद्यालयमा सञ्चालन गरिएको बाल विकास केन्द्रका ५१ जना सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तालिम फागुन ४ गतेदेखी सुरु भई मङ्गलबार अर्थात फागनु ७ गतेसम्म सञ्चालनमा आएको सुचना अधिकृत ऋषिराम पोख्रेलले जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शिक्षाको विकासको लागि गाउँपालिकाले विभिन्न यस्तै खालका अन्य कार्यक्रमहरु बनाएको बताउनुभयो ।
शिक्षाको गुणस्तर विकास गर्न र शिक्षण सिकाई क्रियाकलायमा परिवर्तन ल्याउनको लागि यो अनि यस्तै तालिमहरु गाउँपालिकाले धरै सञ्चालन गर्ने योजना रहेको बताईएको छ ।