अर्थजिल्ला समाचार

शाखा रहित बैंकिंग सेवा मार्फत गाँउ गाँउमा सेवा पुर्याउदै ग्लोबल आइएमइ बैंक

कौरव खत्री

गुल्मी २९ साउन । गुल्मीमा रहेकोे ग्लोवल आइएमई बैंक लि.ले जिल्लाका विभिन्न स्थानबाट शाखा रहित बैंकिंग सेवाको शुरुवात गरेसँगै जनताहरुलाई आर्थिक कारोवारमा थप सहजता भएको छ ।

फोटो : कौरव खत्री

मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारमा रहेको ग्लोवल आइएमइ बैंक शाखाले नगरभित्रका चार स्थानबाट शाखा रहित बैंकिंग सेवा सुचारु गरेको छ ।

मुसिकोट नगरपालिकाको वडा नं. ७ वामीटक्सार बजारमा रहेको ग्लोवल आइएमइ बैंक लि. शाखाले नगरपालिकाको वडा नं. ३ को बडागाँउको ठूल्पोखरा,वडा नं. ५को आँपचौर र वडा नम्वर ६ को भुवाचिदी र वडा नं. ९ को अर्लाङकोट गरि ४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवा सुचारु भएसँगै यस क्षेत्रका आम सर्वसाधरण जनताहरुलाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामीटक्सारका शाखा प्रबन्धक माधव उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहितबैंकिंग सेवाबाट बैङको खाता खोल्न, रकम बचत गर्ने तथा झिक्न रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको ग्लोवल आइएमइ बैंक वामीटक्सारका शाखा प्रबन्धक उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै सेवा उपलव्ध हुने र एक दिनमा बिस÷बिस हजारका दरले ५० हजार रुपैयाँ सम्म रकम निकाल्न सकिने तथा ४० हजारका दरले एक लाख रुपैया सम्म जम्मा गर्न सकिने प्रवन्धक उपाध्यायले जानकारी दिए ।

ग्लोवल आइएमइ बैंकले गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा हालसम्म १४ वटा शाखा रहित बैकिङ सेवा सञ्चालन भइरहेको प्रवन्धक उपाध्यायले बताए ।

नेपालका विभिन्न जिल्लाहरुमा गरि हालसम्म १ सय वटा शाखा रहित बैकिङ सेवा सञ्चालन भइरहेका छन् त्यसमध्ये गुल्मी जिल्ला सबैभन्दा शाखा रहित बैकिङ सेवा विस्तार गर्नेमा अगाडी अर्थात पहिलो जिल्ला रहेको प्रवन्धक उपाध्यायले बताए ।

साथै प्रवन्धक उपाध्यायले भने शाखा रहित बैकिङ सेवा सुचारु भएपछि विशेषगरिे वृद्ध वृद्धाहरुलाई आफ्नो घर नजिकै पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा अन्र्तगतको वृद्धा भत्ता वितरण लगायतका बैकिङ सेवाले स्थानीय नागरिकहरुलाई थप सहजता प्रदान गरेको छ भने स्थानीय नागरिकहरुको आवश्यकता र माग अनुसार शाखा रहित बैकिङ सेवा अझ विस्तार गर्न सकिने प्रवन्धक उपाध्यायले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker