जिल्ला समाचार

शाईन रेसुङ्गा बैंकद्धारा गुल्मीका पहिरो प्रभाबितलाई आर्थिक सहयोग, उद्यम गर्नेलाई बिना धितो ऋण पनि दिने

गुल्मी, साउन २७ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सत्यवती गाउँपालिकाका पहिरो प्रभाबितहरुलाई दुई लाख रुपैया सहयोग गर्दै बिना धितो कर्जा र घर निर्माणमा न्यून ब्याजमा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, नायव महाप्रवन्धक लोकराज पनेरु र पूर्व सञ्चालक समिति सदस्य कृष्ण प्रसाद भण्डारीले सत्यवती गाँउपालिकामा नै पुगी गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल र पहिरो प्रभाबित क्षेत्रका जनप्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभाबितहरुलाई सहयोग गरेको जानकारी गराउँदै बैँकका अध्यक्ष श्रेष्ठले स्थानीय जनताको लगानीमा स्थापित शाइन रेसुङ्गा बैँक स्थानीयको सुखदुख दुबैमासंगै रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

त्यस अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बैकले पहिरो प्रभावित न्यून आय भएका नागरीकले स्वरोजगार भई उद्यम व्यवसाय गर्न चाहेमा न्युन ब्याजमा बिना धितो कर्जा र घर निर्माणमा न्युन ब्याजदरमा कर्जा उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनु भयो ।
गाउँपालिकाका अध्यक्ष ढकालले पहिरो पिडित जनतालाई आर्थिक सहयोग सहित प्रोत्साहनका लागि न्युन ब्याज र बिना धितो कर्जा प्रदान गर्ने निणर्य गरेकोमा धन्यवाद दिनुभयो । उँहाले पहिरो पिडितका लागि प्राप्त सहयोग सर्वपक्षिय समिति बनाई एकद्धार प्रणालीबाट बितरण गरीएको बताउनु भयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D