गुल्मी, माघ १४ । विप्लव समूहका गुल्मी जिल्ला सदस्य गोविन्दबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालीका घर भएका आकाश भनिने गोविन्दबहादुर विक कामको सिलसिलामा सदरमुकाम तम्घास पुगेको उज्यालो अन्लाईनले खबर छापेको छ । पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासतमा राखिएको छ ।
पछिल्लो समय विप्लव समूहले गुल्मी जिल्लामा चन्दा आतंक बढाएको भन्दै प्रहरीले विप्लव समूहका गतिविधिमाथि निगरानी बढाएकाे छ ।