जिल्ला समाचार

विदेशबाट श्रीमान आउन ढिलाई हुँदा ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद् !

प्रेम सुनार,
गुल्मी । गुल्मीकी एक महिलाले विदेशमा पुगेका श्रीमान घर आउन ढिलाई गरेपछि उनि आफ्नो ससुराबाटै १० लाख रुपैयाँ बुझे र आईतबार मात्र सम्बन्ध विच्छेद गरेकी छन् ।
आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडा नम्वर–६ कुर्घाका ३५ वर्षीया राजु गौतमकी श्रीमति अनिता (नाम परिर्वतन) ले मेलमिलामा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैया बुझेर सम्बन्ध विच्छेद गरेकी हुन् । अदालतले उनको नाम विवरण गोप्य राख्न आग्रह गरेको छ ।

विदेशबाट श्रीमान धेरै वर्ष देखि घर नआएको, फोन पनि नउठाउने, उठाए पनि गाली गलौज गर्ने र यता उनका अभिभावकहरुले पनि आफुलाई हेला गरेको भन्दै ती महिलाले अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिएकी थिईन् ।

‘१८ वर्ष अघि उनिहरुबीच प्रेम विवाह भएको हो’–ससुरा गौतमले भने–‘छोरा पोल्याण्डमा छ । त्यस्तै आठ वर्ष भयो घर आएको छैन । हामीले हेला गरे जस्तो त लाग्दैन तर उनले खान लगाउन नदिएको हेला गर्ने गरेको र उता श्रीमानले पनि बेवास्ता गरेको भन्दै अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिईछन् । अदालतले छोरालाई पत्र पठाए छ उहि हस्ताक्षर गरेर पठाए छ । अफ्ठ्यारो पर्छ पैसा तिरेर सम्बन्ध विच्छेद गर भनियो र गाउँमा ऋण धन गरेर १० लाख बुझाउन आएको हुँ ।’

सोमवार सम्बन्ध विच्छेदको प्रतिलिपी बुझ्न अदालतमा बसेका उनले थपे–‘बुहारीले राम्रै घर गरेकी थिईन् । पछि उनका एक आफन्तले घर बिगारी दिए । अहिलेसम्म सन्तान जन्मेका छैनन् । छोरा छुट्टीमा आएर उनको उपचारका लागि धेरै पैसा खर्च गरेको थियो तर सन्तान भएन ।’ तर ति महिलासँग भने सम्पर्क हुन सकेन ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker