जिल्ला समाचार

विजयी सभासदसँग युवाहरुको माग ‘रोजगारी’ कै

हुमाकान्त पोखरेल
गुल्मी, मंसिर–२८ । स्थानिय गोपाल पन्थी स्नातक उतिर्ण गरेर पनि कतै जागिर नपाएर खाडी मुलुक ताकेर बसेका युवा हुन् । आज उनकै गाउँवासी माओवादी नेता तथा क्षेत्र नम्वर २ प्रदेश ख का विजयी सांसद दिनेश पन्थी त्यहाँ पुग्दा उनि सहित त्यहाँका युवाहरुले गाउँ मै रोजगारीको सिर्जना गर्न मागे गरे ।

अधिकांस भारत र खाडी मुलकमा जान वाध्य मदाने गाउँपालिका अन्तरगत साविकको भनभने गाविसका महिलाहरुले सांसद पन्थी संग विभिन्न सिप मुलक तालिम र रोजगारमुलक कार्यक्रम पारी दिन माग गरे । बृद्ध बृद्धाहरुले बृद्ध भत्ता बढाई दिन आग्रह गरे । सांसद पन्थीले गाउँवासीका मागहरु पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउँदै भने–‘ अव कुरा होईन तपाईहरुका माग पुरा गर्ने गरी काम गरिने छ ।
भनभनेकै वासीन्दा पन्थीलाई आज त्यहँँका सर्वपक्षिय जनताले भव्य स्वागत गरेका छन् । सरकारी निकाय, शैक्षिक संस्था , अन्य संघ संस्था महिला समुह , विभिन्न उपभोक्ता समिति सवैले भव्य स्वागत गदै पन्थीको जित भनभनेवासीको जित भनेर उत्साह जनाए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D