जिल्ला समाचार

विचल्लीमा परेका तिन वालवालिकाहरुलाई सहयोग

सन्ध्या वस्नेत
गुुल्मी, पुुस २४ । चर्चित कार्यक्रम ओझेलका खवरमा अर्घाखाँची मरेङ्ग गाउँका तिन विचल्लीमा परेका वालवालिकाहरुको विचल्लीको कथा प्रशारण भए पछि लाखौं सहयोग रकम जुुट्न थालेको छ । सोही क्रममा आज रेसुङ्गा नगरपालिका वडा नम्वर ९ उपल्लो तम्घासकी चेली शान्ता पाण्डे र नवलपरासीको सुुनवल घर भई डेनमार्कमा कार्यरत उनका श्रीमान रामप्रसाद काफ्ले दम्पत्तीको सक्रियतामा १ लाख ८ हजार सहयोग संकलन गरी उहाँबाट पठाईएको रकम पिडितलाई आज हस्तान्तरण गरिएको छ ।

छोरी शान्तले पठाएको उक्त रकम आज अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १ मरेङ्ग निवासी उनै पिडित परिवार यामलाल पोखरेल र उनका तिन नाती नातिनीहरुलाई उपल्लो तम्घास स्थित पिता जिवलाल पाण्डे र माता विमला पाण्डेले हस्तान्तरण गरेका हुन् । चेली शान्त र उनका श्रीमान रामप्रसाद काफ्ले युुट्युफ मार्फत ओझेलका खवर सुननेर दया जागेर सहयोग संकलन अभियान सुुरु गरेको बताए ।
rakam sahayog
त्यस्तै मालरानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण आचार्यका अनुसर ति वालवालिकाहरुलाई पोखरा घर भई ईजराईलमा कार्यरत अञ्जुु गुरुङ्ग ले पनि आजै ५० हजार सहयोग पठाएको बताए । उक्त रकम पनि आजै पितिहरुलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा ओझेलका खवार सञ्ञ्चालक प्रेम सुुनार, पत्रकार शिवलाल सुवेदी, रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण बराल लगायतको सहभागिता रहेको थियो । त्यस्तै उनै वालवालिका लागि गुल्मीको आँपचौर सेवा समिति जापानका सल्लाहकार रहनुभएकी एक समाजसेवी महिलाद्धारा पनि १० हजार रुपैयाँ सहयोग पठाईएको छ ।

मुसिकोट नगरपालिका वडा नं। ५ आँपचौर निवासी हाल हाल शंखमुल विज्ञान मार्ग ३१ काठमाण्डौमा बसोवास गदै आएकी शान्ता तिवारीले अर्घखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १ का यामलाल पोखरेलका विचल्लीमा परेका तिन वालवालिकाहरुको लागि उक्त सहयोग पत्रकार कौरव खत्री मार्फत पठाएकी हुन ।

हाल जापानमा रोजगारीको शिलशिलामा कार्यरत तिवारीले गएको तिहारको भाइ टिकाको दिन जापानमा आफूले चर्चित रेडियो कार्यक्रम ओझेलका खबरका सञ्चालक प्रेम सुनारद्धारा उक्त बालकको कथा र पिडालाई प्रशारण गरिदिएको सुनेर आफ्नो थोरै सहयोगले पनि बालकको जीवनका लागि केहीे राहत मिल्ला भनेर सहयोग गरेको बताईन ।

ओझेलका खवर प्रशारण भए देखि हाल सम्म ति वालवालिकाहरुलाई ३ लाख ५० हजार सहयोग भई सकेको र संकलन हुने क्रम जारी रहेको वडाध्यक्ष वालकृष्ण आचार्यले जानकारी दिए । उनका वावुु उपचार गर्न नसकेर भारतमा मृत्युु भएका थिए भने आमाले उनिहरुलाई त्यति कै छाडेर दोश्रो विवाह गरी गएकी थिईन । दयानिय आर्थिक अवस्था भएका उनका ७० वर्षिय हजुुर बुवाले पाल्न नसके पछि स्थानियले ओझेलका खवर युनिटलाई बोलाएर सहयोगको वातवरण सिर्जना गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D