जिल्ला समाचार

विकास आयोजना समयमै नसक्नेलाई कारबाहि गर्छु: प्रजिअ अर्याल

टोपलाल अर्याल
गुल्मी, २० असोज । भर्खरै गुल्मी आएका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले विकास निर्माणको काम समयमै काम नगर्ने प्रवृतिलाई हटाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाका अरु धेरै कामसंगै आफु गुल्मेली भएका नाताले पहिलो प्राथमिकता विकास निर्माणलाई सम्झौता अनुसार सम्पन्न गर्न दवाव दिने र नगर्नेलाई कारबाहिको दायरामा ल्याएरै छाड्ने बताए । जिल्ला प्रसासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसंग कुरा गर्दै अर्यालले यो काममा गुल्मेलीकै साथ आवश्यक रहेको बताए । ‘मैले अरु धेरै काम पनि गर्नुछ, साथै जिल्लाका लागि केहि नयाँ गर्ने योजना पनि बनाएको छु,’उनले भने,’सवैको साथ र सहयोग भए पुरा गरेरै छाड्ने छु ।’

gulmi cdo newsत्यस्तै जिल्लामा क्रियाशिल गैरसरकारी संस्था, उनीहरुको काम गर्ने प्रवृति र प्रभावलाई कडाइका साथ लैजाने, राज्यले प्रदान गरेका सवै सेवा प्रभावकारी रुपमा कार्यान्वयन गरि सुशासन प्रर्बद्धन गर्ने अर्यालको योजना रहेको छ । बिपत व्यावस्थापनलाई प्रभावकारी बनाउने तथा वातावरण र संस्कृति संरक्षण पनि उनको योजनाभित्र रहेका छन् । साथै नियमित शान्ति सुरक्षा र आसन्न चुनाव आफ्नो प्रमुख काम भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । छलफल तथा अन्तरक्रियाको क्रममा सबै पत्रकारहरुले एकमुष्ट रुपमा दशैको तिहार लगायतका चाडपर्वमा जनताले पाएको सास्तीका बारेमा जोडदार कुरा उठाएका थिए ।

उनीहरुले यातयातको जिम्मा लिएका समितिहरुले प्रयाप्त गाडी नछुटाउँदा मौलाएको रातो नम्बर प्लेटको सवारी, रातो नम्बर भएका र समितिकै गाडीहरुको दादागिरी, घरेलु मदिरा, बजार अनुगमन लगायतका बिषयमा प्रमुख जिल्ला अधिकार अर्यालको ध्यानाकर्षण गराएका थिए । साथै समयमै काम नगर्ने र बिना होर्डिङ्गबोर्ड संचालन भएका बिकास आयोजनाको बारेमा पनि पत्रकारहरुले चर्को आवाज उठाएका थिए । ‘गुल्मीमा धेरै सिडियो साप आए, कमले मात्र गुल्मेलीको काम गरे,’पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले भने,‘तपाई गुल्मेली हो, जिल्लाको पक्षमा काम गर्नुस साथ पत्रकार र स्थानीयले दिनेछन् ।’ अर्याल गत असोज १२ गतेदेखि गुल्मी आएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D