जिल्ला समाचार

वामी विश्व सम्पर्क मञ्च नौमती बाजा महोत्सवको सचिबालय बैठक सम्पन्न

रामकृस्ण कंडेल
मंसिर ३, वामीटक्सार । वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समितिको सचिवालय बैठक सम्पन्न भएको छ । समितीको अन्लाईन बैठकमा महत्वपुर्ण बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरू समेत गरिएको महासचिब हेमनाथ खरेलले जानकारी दिनु भएको छ । महासचिब खरेलका अनुसार मञ्चको साँस्कृतिक समिति मार्फत साँस्कृतिक कार्यबिधि निर्माण गर्नुका साथै साँस्कृतिक कोष संकलनको लागि कार्यबिधिले गरेको दिशानिर्देशलाई मध्यनजर गर्दै अघि बढ्ने निर्णय गरिएको छ । त्यस्तै यसै बर्षको अन्त्यसम्म वामीमा बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तथा “मौलिकता की आधुनिकता” शिर्षकमा बादबिवाद कार्यक्रम समेत सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी बैठकले मौलिक भाकाहरुको पहिचान गरि पुराना भाकाहरु मध्य कम्तीमा यौटा भए पनि रेकर्डिङ गर्ने निर्णय पनि गरिएको छ । वामी विश्व सम्पर्क मञ्च मुल समितिका महासचिव शिक्षक रामचन्द्र सापकोटा र साँस्कृतिक समितिका सुचना तथा सञ्चार प्रमुख रामकृष्ण कंडेलको संयुक्त रोहबरमा वामि स्थित सबै युबा क्लब, सबै आमा समुह र सबै बिद्यालयबाट एक एक जना प्रतिनिधिलाई यस वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समितिमा जोडेर कार्य समितिलाई पुर्णता दिने बिषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा बौद्धिक ब्यक्तित्वहरु, प्रमुख सल्लाहकार, बरिष्ठ सल्लाहकार सहित संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । चेक रिपब्लिकबाट बैकुन्ठ रायमाझी, काठमाडौंबाट डा.जिबलाल सापकोटा र रामबहादुर के.सी., सुडानबाट रमेश कंडेल, दक्षिण कोरियाबाट हेमन्त खरेल र ध्रुब के.सी, वामिटक्सारबाट रामकृस्ण कंडेल र रामचन्द्र सापकोटा अनी जापानबाट निर्मला रायमाझी लगायतले अन्लाईन बैठकमा सहभागिता जनाएका थिए । मंगलबार बेलुका साढे ७ बजेबाट शुरू भएको बैठक २ घण्टा चलेको थियो ।

बैठक अध्यक्ष बैकुन्ठ रायमाझिको अंध्यक्षता र महासचिब हेमनाथ खरेलको सन्चालनमा सम्पन्न भएको थियो । स्मरण रहोस वामी-विश्व सम्पर्क मञ्चले वामीको सांस्कृतिक विकास, मौलिक नौमती बाजा तथा पुराना वा परम्परागत संस्कृति संरक्षण तथा प्रवर्द्धनको लागि बैकुन्ठ रायमाझिको अध्यक्षतामा पैँतिस सदस्यीय कार्यसमिति गठन गरेको छ। आगामी वर्ष २०७७ असौज शुक्ल पुर्णिमा अथवा कोजाग्रत पूर्णिमाको एकदिन पछि द्वितीया तिथिमा आयोजना गरिने नौमती बाजा महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिने छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D