जिल्ला समाचार

वामीमा आजबाट नौमती बाजा महोत्सब

अनिश शर्मा गैरे
गुल्मी, ०४ कार्तिक । गुल्मीको सन्दर नगरी मुसिकोट नगपालिकाको केन्द्र वडा नम्बर ७ वामीटक्सारमा आजबाट दोस्रो नौमती बाजा महोत्सब सुरु हुँदै छ । कार्यक्रमको सम्पुर्णै तयारी पुराभएको बताइएको छ ।

वामी बिश्व सम्पर्क मञ्चले गत २०७२ सालको मँसिर तेस्रो साता प्रथम पटक यो क्षेत्रकै नमुना नौमती बाजा महात्सब आयोजना गरेको थियो । सोही कार्यक्रमलाइ निरन्तरता दिदै दोस्रो पटक नौमती बाजा महोत्सब आयोजना गर्न लागीएको मञ्चका संस्थापक समेत रहेका कार्यक्रम संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिए । नौमतिबाजाको उत्थान र प्रबद्र्धनको लागी सो कार्यक्रमको आयोजना गरीएको रायमाझीले जानकारी दिए ।

महोत्सबको उद्घाटन गर्न पुवउपप्रधानमन्त्री टोप बहादुर रायमाझी आउने भएका छन् । रायमाझी सँगै जनगायक जीवन शर्मा र सँगीतकार तथा गीतकार नारायण रायमाझीको पनि बिशेष उपस्थिती रहने मञ्चका मुल समिति वामीका सचिब रामचन्द्र सापकोटाले जानकारी दिए ।

महोत्सवमा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३, द्धितिय पुरस्कार २२ हजार २ सय २२, तृतिय पुरस्कार ११ हजार १ सय ११ रुपैया प्रदान गरीने भएको हो । त्यसैगरी उत्कृष्ट सनाही बजाउनेलाइ प्रोत्साहन स्वरुप ५ हजार ५ सय ५५ रुपैया प्रदान गरीनेछ । साथै कप पनि प्रदान गरीने छ। अहिले पञ्चेबाजामा नृत्य प्रतियोगीता पनि आयोजना गरीएको छ ।

१५ हजार ५ सय ५५ रुपैया प्रथम पुरस्कार, १० हजार १ सय ११ द्धितिय पुरस्कार तथा तृतिय पुरस्कार ५ हजार ५ सय ५५ रुपैया दान गरीने छ । त्यसैगरी पुरुषको पञ्चेबाजा नृत्यमा पनि सोही अनुसारको पुरस्कार प्रदान गरीने बताइएको छ । साथै उनीहरुले बिशेष मायाको चिनो पनि पाउनेछन् ।

कार्यक्रममा खर्च निकै कम गर्ने भन्दै बिभिन्न योजनाहरु पनि बनाइएको छ । महोत्सवमा नौमतीबाजा को प्रतिस्पर्धा भइ रहदा उही समय मै नृत्यको पनि प्रतिस्पर्धा हुने, एकजना महिला र एकजना पुरुष लाइ संगै नचाइने संस्थापक रायमाझीले जानकारी दिए । प्रतियोगीतमा १० समुहले सहभागीता जनाउने भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D