जिल्ला समाचार

वामीटक्सारमा पहिलो पटक केन्द्रिय प्रसारणको बिद्युत सुचारु

अनिल खत्री
८ कात्तिक, गुल्मी । गुल्मीको वामीटक्सार बजारमा पहिलो पटक केन्द्रिय प्रसारणको बिद्युत पुगेको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–७ मा स्थानीय दरमखोला लघु जलबिद्युतबाट निकालिएको बिद्युत अबरुद्ध भएपछि केन्द्रिय प्रसारणको बिद्युत पु¥याएर बिद्युत सुचारु गरिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिए ।

केन्द्रिय प्रसारणको बिद्युत शुक्रवारबाट सुचारु भएको हो । गत असोज १७ गतेदेखि जलबिद्युतको नहर पहिरोले बगाउदा नगरपालिकाको ६ सय घर परिवार अध्यारोमा बस्न बाध्य भएका थिए ।

केन्द्रिय प्रसारणको बिद्युत पुगेपछि नगरपालिकाको वडा नं ७ र ८ बासिन्दाहरुले झण्डै एक महिना पछि बिद्युत सेवा पाएको नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले बताए । पहिरोले अबरुद्ध नगर मर्मत गर्न धेरै समय लाग्ने भएपछि केन्द्रिय प्रसारणको बिद्युत जडानको लागि माग गरिएको वडाअध्यक्ष काफ्लेको भनाई छ ।

नहरको कुन प्रबिधिले मर्मत गर्ने र कति खर्च लाग्ने जस्ता अध्ययन मात्रै भइरहेको बताए । बिद्युत अबरुद्ध हुदा वडादशैंमा त्यस स्थानका स्थानीय अध्यारोमा बस्न बाध्य थिए । बिद्युत अबरुद्ध हुदा स्थानीय सञ्चार माध्यमहरु, कुटानी पिसानी, तथा साना घरेलु उद्योगहरु, र मोवाइल चार्ज गर्न नपाउदा स्थानीय सञ्चारसेवा बाट समेत प्रभावित भएका थिए ।

अर्को महान पर्व दिपावली आइरहेकाले तत्कालै त्यसलघु जलबिद्युतको संरचना प्रयोग गरेर १ सय केभिएको ट्रान्सर्फम जडान गरि बिधुत सुचारु गरिएको केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए । दिपावलीको संघारमा बिद्युत पुग्दा त्यसस्थानका स्थानीयहरु ह्र्षित भएको स्थानीय सञ्चारकर्मी अनिश गैरेले बताए ।

दीपावलीको समयमा जसरी हुन्छ बिद्युत बाल्न स्थानीयले जोड दिएपछिसबै जनशक्तिहरु लगाएर केन्द्रिय लाइन जडान गरीएको प्रमुख अर्यालले बताए । स्थानीय दरमखोला लघु जलबिद्युतबाट १२५ किलोवाटको क्षमतारहे पनि ९० किलोवाट बिद्युत सञ्चालन हुदै आएको थियो ।
नगरपालिकाको अरु वडामा परोपकार लघु जलबिद्युतबाट ७० किलोवाट बिद्युत सञ्चालनमा छ । केन्द्रिय प्रसारणको बिद्युत पुगेको वामीटक्सार बजारमा तिहास पछि थप काम गरेर सबै वडाहरुमा बिद्युत सञ्चालन गरिने बिधुत प्राधिकरण गुल्मी बितरण केन्द्रका प्रमुख अर्यालले जनाकारी दिए ।

अर्यालको अनुसार मंसिर महिना भित्र सबै वडाहरुमा केन्द्रिय प्रसारणको बिद्युत सुचारु हुने बताए । त्यसको लागि आबश्उक उपकरणहरु र बजेटको माग गरिएको अर्यालले जनाकारी दिए ।

अन्य नगर तथा गाउँपालिकाहरुमा पनि बिद्युत नपुगेका स्थानहरुमा पु¥याउनको निम्ति बोलपत्र आवाहन गर्ने काम सम्पन्न भएको नेपाल बिद्युत प्राधिकारण गुल्मी बितरण केन्द्रले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D