जिल्ला समाचार

वामीको बिद्युत अनियमितता बिरुद्ध उपभोक्ता आक्रोशित

अनिश शर्मा गैरे
गुल्मी । वामीमा धेरै जसो हुने बिद्युत आपुर्तिको समस्याका कारण वामीका ब्यापारी ब्यबसायीहरु आक्रोशित बनेका छन् ।

बिशेषगरी दरमखोला लघुजलबिद्युत परियोजनाद्धारा सञ्चालित बिद्युत आपुर्ति बन्द भएको झण्डै १५ दिन बितिसक्न लाग्दा पनि हाल सम्म कुनै समाधान हुन नसकेको, गाँउगाँउमा गाडीएका पोलहरु ब्यबस्थित नभएको, ढलेका पोलहरुको उचित पुनस्थापना नगरीएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले सहज बिद्युत आपुर्तिको माग गर्र्दै नगरप्रमुख सोमनाथ सापकोटा सँग डेलिगेसन जाँदै लघुजलबिद्युत परियोजनाका अध्यक्ष सामु ज्ञापन पत्र पनि पेश गरे ।

हुन पनि यस क्षेत्रमा सञ्चालित बिद्युत धेरै जसो बन्द हुने गरेको छ । झण्डै १० दिनदेखी फिता चुँडिएको र आफुसँग पहिल्यै खरिद गरीएको फिता नभएको कारण बिद्युत बन्द भएको परियोजनाले जानकारी गराएपनि लामो समय सम्म समस्या समाधान नहुँदा उपभाक्ता आक्रोशित बनेका हुन । ज्ञापन पत्र बुझ्दै संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले फिता चुँडिएको कारण बिद्युत आपुर्ति बन्द भएको जानकारी दिदै सो फिता नेपालमा खरिद गर्न नपाइने कारण बिद्युत आपुर्ति सुचारु ह्ुन नसकेको जानकारी दिए । स्वीटजरल्याण्डबाट फिता मगाउन भन्दै २० दिन अघि सबै पैसा समेत पठाइएको भएपनि हाल सम्म पनि नेपाल आउन नसकेको कारण केही दिन अझै बिद्युत बन्द रहने उनले जानकारी दिए ।

फिता चुँडिन लागेको जानकारी पाउनासाथ नया मगाउनको निम्ती पहल गर्न जरुरी भएपनि समस्या सिर्जना भएपछि मात्र समाधान खोज्ने बानीले गर्दा करीब १ हजार उपभोक्ताहरु धेरैजसो बिद्युतीय समस्या भोगीरहेका छन् ।

ब्यापारी ब्यबसायीहरु बिद्युत सञ्चालन गरीहँदा देखा पर्नै समस्याको बिषयमा प्राबिधिकहरुबाट पहिल्यै जानकारी लिएर ति सामग्रीहरुको ब्यबस्थापन समस्या सुरु हुन भन्दा अगावै गरीनुपर्ने माग राखेका छन् ।

होटल ब्यबसायी मञ्च मुसिकोट नगरकार्य समितिका अध्यक्ष फुल प्रसाद सापकोटाले बिद्युत आपुर्तिको समस्या धेरै जसो भोगीरहेको समस्या भएको भन्दै उचित समाधानको उपाय नखोजिएको कारण आफुहरुको ब्यापार ब्यबसाय निकै घाटामा जाने अवस्था सिर्जना हुने बताए ।

ज्ञापन पत्रमा यसपटकको माग सुनुवाइ नभए अन्य आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।

बिद्युतका अध्यक्ष मल्लले आफुहरुले सो बिद्युतको समस्याको समाधानको प्रयास गरीरहेको जानकारी दिदै कम उत्पादन धेरै प्रयोगको समस्या भइरहेको बताए । उनले यस बर्ष भित्रै बिद्युतलाइ केन्द्रिय लाइन सँग जोड्ने काम गर्नै जानकारी दिए ।

नगरप्रमुख सोमनाथ सापकोटाले पनि समस्यालाइ मध्यनजर गर्दै सहज बिद्युत आपुर्तिको ब्यबस्था मिलाउने गरी पहल थालीरहेको बताए ।

ब्यबसायीहरुले आपुर्तिको अवस्थमा पनि बिद्युतीय उपकरणहरु बिग्रने र नष्ट हुने समस्या पनि चर्काे रुपमा उठान गरेका थिए । बिग्रेका पोलहरु तत्काल मर्मत सम्भार गर्न पनि उनीहरुको माग छ ।

न्गरपालिकाको केन्द्र भन्ने तर बिद्युत, खानेपानी जस्ता अत्याबश्यक आबश्यकता पनि सहज रुपमा पुरा हुन नसक्ने समस्या हुनु पनि यस क्षेत्रको लागि दुखख पक्ष भएको स्थानीयको बुझाइ छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D