जिल्ला समाचार

वातावरण दिवसका अवसरमा शसस्त्र प्रहरी बल गुल्मीले गर्‍यो बृक्षरोपण

अनिल खत्री
२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसका अवसरमा गुल्मीमा बृक्ष रोपण गरेर मनाईएको छ । ‘एक राष्ट्र सेवक एक फलफुलको बिरुवा’ भन्ने अभियान अन्र्तगत जिल्ला बन कार्यालय गुल्मीको सहकार्य र शसस्त्र प्रहरी वल गुल्मी गुल्मीको आयोजनामा बृक्षा रोपण गरिएको हो ।

दिवसका अबसरमा शसस्त्र प्रहरी वल गुल्मको कार्यालय रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित उर्लेनीमा कार्यालय परिसरमा बिभिन्न जातका बिरुवाहरु रोपण गरिएको शसस्त्र प्रहरी वल गुल्मका गुल्मीपति प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । कार्यालय परिसरमा सुन्तल, कागती,कफी,जापानिज कटुस, मौसम लगायतका १ सय ५० वटा बिरुवा रोपिएको प्रहरी नायव उपरिक्षक सिग्देलले जानकारी दिए ।

बृक्षा रोपण कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा, बिरभद्रजंग गुल्मका उपसेनानी जिल्ला प्रशासनका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेय,प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी लगायतले बृक्षा रोपण गरेका थिए । बृक्षा रोपण पश्चात कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले बातावरणीय संरक्षणको लागि बृक्षा रोपण अत्यबश्यक रहेको बताए ।

उनले बातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ बातावरण राख्न सकिने बताए । मानवको बस्ती बिकाससँगै बिभिन्न कारणले बातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले संरक्षणमा सबैको ध्यान पु्ग्न जरुरी रहेको बताए ।

बातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि बातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आबश्यक रहेका प्रजिअ शर्माको भनाई छ । पछिल्लो समयमा बिकास र बिभिन्न कारणबाट बातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने शर्माको जोड थियो ।

पछिल्लो समयमा केहि सुमुदायिक प्रयासबाट मात्रै बातावरणी क्षेत्रको संरक्षणमा मात्रै ध्यान गएको उनको भनाई थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D