जिल्ला समाचार

वर्षातले रुरु महोत्सव प्रभावित स्टलमा क्षती

अनिल खत्री
३ माघ, गुल्मी । दुइ दिनदेखि लगातार परेको अबिरल वर्षासँगै खोलाको पानी वढेसँगै रिडीमा चलेको महोत्सवलाई प्रभावित गरेको छ । उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा आयोजनामा चलेको रुरु महोत्सवको स्टलहरुमा खोलाको पानी पसेसँगै केहि स्टलहरुको सामाग्री बगाएको स्थानीय चिरन्जीवी ज्ञवालीले बताए ।

रिडी मेलाको फाइल फोटो।

खोलाको कीनारमा रहेका केहि होटलहरुका स्टलहरुमा रहेका सामाग्रीहरुमा क्षती पुराएकाले सबैलाई रातिनै सुरक्षित स्थानमा सारिएको ज्ञवालीको भनाई छ । पानीले अस्तव्यत भएपछि महोत्सवलाई पनि प्रभावित भएको छ ।

पानी रोकिएपछि मात्रै त्यस स्थानका स्टलहरुलाई व्यवस्थापन गरेर अगाडी बढने अयोजकले जनाएका छन् । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा १४ वर्ष पछि दोश्रो रुरु महोत्सव सुर भएको थियो । ०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो । तर बिभिन्न कारणले महोतसव गरिएको थिएन् ।

रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा यहि पौष २९ गतेबाट माघ ९ गतेसम्म रुरु महोत्सव सुरु भएको हो । महोत्सवको मंलवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।

रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव गरिएको हो । महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ ।

रुरु महोत्सवमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि २ सय ५० वटा स्टल राखिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D