गुल्मी, साउन १९ । वर्खा लागेसँगै गुल्मीका ग्रामिण कच्चि सडकहरु अवरुद्ध हुन थालेसँगै यातयात आवगमनमा समस्या आउन थालेको छ ।
जिल्लामा रहेका मालिका, मदाने तथा क्षेत्र नं १ अन्तर्गतका कालिगण्डकी, सत्यवती लगायतका गाउँपालिकाहरुमा अधिकांश ग्रामिण क्षेत्रका कच्चि सडकहरु अवरुद्ध बनेका छन हुन् ।
जिल्लास्थित विभिन्न गाउँपालिका, नगरपालिकादेखि सदरमुकाम तथा बजार क्षेत्रसँग जोडिने सडक अवरुद्ध बनेसँगै यात्रा गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समेत समस्या भएको छ ।
कतिपय स्थानहरुमा साविकको भाडाँदर भन्दा झण्डै दोब्बर भाडा तिर्नुपर्ने बाध्यता भएका कारण पनि यात्रुहरु बढी मारमा पर्नुपरेको छ ।
सडक अवरुद्ध भएसँगै जनजिवन समेत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा समस्या त छँदै छ, दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढ्न थालेको स्थानीय उपभोक्ताहरुको गुनाँसो रहेको छ । – रेडियो रेसुङ्गा